युभेन्ट्सको सहज जित, रोनाल्डोको दुई गोल

काठमाडौं, २० पुस : इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले उडिनेजेविरुद्ध ४-१ गोल अन्तरको जित निकालेको हो ।

घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सले सहज जित आत्मसात गरेको हो ।

खेलको ३१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले उडिनेजेविरुद्ध ४-१ गोल अन्तरको जित निकालेको हो ।

घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सले सहज जित आत्मसात गरेको हो ।

खेलको ३१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

Image

खेलको ४९ औं मिनेटमा फेड्रिकोले गोल गर्दा युभेन्ट्सको अग्रता २-० को बन्यो ।

खेलको ७० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३-० को अग्रता दिलाए ।

९० औं मिनेटमा मार्भिनले गोल गर्दै उडिनेजेलाई ३-१ को स्थितिमा ल्याए ।

तर, खेलको इन्जुरी समयमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई ४-१ को जित दिलाए ।

Image

जितसँगै युभेन्ट्सले १४ खेलमा २७ अंक जोडेको छ । युभेन्ट्स लिगको पाँचौं स्थानमा रहेको छ । उडिनेजे १५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

उता, १० खेलाडीमा सिमित एसी मिलानले बेनेभेन्टोमाथि २–० को जीत हासिल गर्यो । दोस्रो स्थानमा रहेको इन्टर मिलानले कोरोन्टेलाई ६–२ गोलअन्तरले हरायो । खेलमा इन्टरका लागि लाउटारो मार्टिनेजले ह्याट्रिक गरे ।

त्यस्तै, नापोलीले काग्लियारीलाई ४–१ र रोमाले साम्पडोरियालाई १–० ले पराजित गर्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: