ला लिगाको शीर्ष स्थानमा रियल मड्रिड

काठमाडौं, १९ पुस : स्पेनिस क्लब रियल मड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति घरेलु मैदानमा सेल्टा भिगोलाई २–० ले पराजित गर्दै रियल पहिलो पटक लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

रियलको जितमा लुकास भाजकेज र मार्कोस एसेन्सियोले एक एक गोल गरेका थिए ।

नेभेम्बर २१ देखि रियल मड्रिड ला लिगामा अपराजित छ ।

खेलको छैटौ मिनेटमा लुकास भाजकेजको गोलमा रियलले अग्रता बनाएको थियो । मार्को एसेन्सियोको क्रसमा लुकासले हेडमार्फत रियललाई अघि बढाएका थिए ।

क्यासमिरोको एसेन्सियोले दोस्रो हाफमा रियलको अग्रतालाई २–० मा पुर्याएका थिए ।

जित सहित शीर्ष स्थानको रियलले ३६ अंक बनाएको छ । दोस्रो स्थानको एट्लेटिकोको ३५ अंक छ । यद्धपी एट्लेटिकोले रियल भन्दा तीन खेल कम खेलेको छ ।

सेल्टा भियो २३ अंक सहित आठौं स्थानमा रहेको छ ।

शनिबार भएका अन्य खेलमा भिल्लेरियालले लेभान्तेलाई २–१ ले हरायो भने रियल भालाडोलिडले गेटाफेलाई १–० ले पराजित गर्यो । सेभिया भने रियल बेटिससँग १–१ को बराबरीमा रोकियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.