बेलायत अन्तत: औपचारिक रूपमै युरोपेली संघ (इयु) बाट बाहिरियो
लण्डन, १७ पुस : बेलायत अन्तत: औपचारिक रूपमै युरोपेली संघ (इयु) बाट बाहिरिएको छ ।
सन् १९७३ मा संघको सदस्यता लिएको यो शक्तिराष्ट्रले ४७ वर्षपछि स्थानीय ग्रीनवीच समयअनुसार गएराति ११ बजेदेखि इयुका नियम पालना गर्न छाडेको हो ।
युरोपेली युनियनमा बस्न नहुने माग विपक्षीबाट आएपछि सन् २०१६ मा बेलायतमा यसबारे जनमत संग्रह भएको थियो । ब्रेक्जिट अर्थात बेलायत युरोपेली संघबाट बाहिरिनुपर्छ भन्ने पक्षमा ५२ प्रतिशत र छाड्नुहुँदैन भन्ने पक्षमा ४८ प्रतिशत मत खसेको थियो ।
त्यसपछि ब्रेक्जिटका लागि दुवै संसदले विधेयक बनाएको थियो र महारानी एलिजावेथ द्वितीयाले स्वीकृति दिएको थिइन् ।
यो प्रकृया आज औपचारिक रूपमै सम्पन्न भएको बीबीसीमा उल्लेख छ । प्रधानमन्त्री बोरिस जोन्सनले अब बेलायतको स्वतन्त्रता आफूहरूकै हातमा रहेको र फरक तथा राम्रो तरिकाले काम गर्ने धारणा राखेका छन् ।
इयुबाट बाहिरिएपनि बेलायत मित्र र सहयोगी रहिरहने फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले बताएका छन् ।