चैतदेखी बन्द सिनेमा हलहरु आजदेखि खुल्दै

काठमाडौं, १० पुस : गत वर्षको चैत महिनादेखी बन्द भएका सिनेमा हलहरु आजदेखि खुल्दैछन् ।

सरकारले सिनेमा हल खोल्ने कुनै निर्णय नगरेपनि आजदेखि हलमालिकले  हल खोल्ने तयारीमा लागेका हुन् । हल खुल्ने भएपछि चलचित्रकर्मी पनि उत्साहित भएका छन् ।

लकडाउन अघि सिनेमा हलमा प्रदर्शनमा आएको चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ हलमा पुन प्रदर्शनमा आउने भएको छ ।  हल सञ्चालकले ५० प्रतिशत दर्शक राखेर सिनेमा हल चलाउने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.