उत्तर प्रदेशका डाक्टरले १० वर्ष सरकारी सेवा गर्नुपर्ने, बीचमै जागिर छोडे १ करोड जरिवाना

लखनउ, २७ मंसिर : कोरोना कहरबीच उत्तर प्रदेशका डाक्टरहरुका विषयमा मुख्यमन्त्री योगी आदित्यनाथले एउटा ठूलो निर्णय गरेका छन् । जसअनुसार, पोस्ट ग्राजुयट गरेपछि डाक्टरहरुले कम्तिमा १० वर्षसम्म सरकारी अस्पतालमा काम गर्नुपर्नेछ ।

यदि कसैलाई बीचमै जागिर छोड्न मन छ भने उसले एक करोड रुपैयाँ धनराशी जरिवानाका रुपमा युपी सरकारलाई भुक्तान गर्नुपर्नेछ ।

पढाइ सक्नेबित्तिकै खानुपर्नेछ जागिर 

नयाँ निर्देशिकाअनुसार पढाई सकिनासाथ डाक्टरले तुरुन्तै जागिर सुरु गर्नुपर्नेछ । निर्देशिका अनुसार यदी कसैले बिचमै पढाई छाड्छ भने उसले त्यसपछि नयाँ भर्नाका लागि ३ वर्ष कुर्नुपर्छ । यसअघि शुक्रबार भारतमा देशभर डाक्टरहरुले हड्ताल गरेका थिए । आयुुर्वेदका विद्यार्थीहरुलाई सर्जरी गर्ने अनुमति दिइएकोप्रति उनीहरुको आपत्ति थियो ।

युपी सरकारले डाक्टरको अभाव पुर्ती गर्न लागि यस्तो निर्णय लिएको हा । युपीका गाउँ–गाउँमा प्राथमिक तथा सामुदायिक स्वास्थ केन्द्र खुलेका छन् । तर ती केन्द्रमा डाक्टरको अभाव छ ।

धेरै स्वास्थ केन्द्र फार्मासिस्टठ तथा अन्य कर्मचारीहरुका भरमा चलेका छन् । यसबाहेक जिल्ला मुख्यालयमा बनेका अस्पतालहरुमा पनि डाक्टररुको कमी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.