बेशिसहर नगरपालिकाको विकासको अबधारणा

महेन्द्र प्रसाद अधिकारी । काठमाडौं, २३ मंसिर : अहिलेको तरल अवस्थामा हाम्रो नगरपालिकाले यथास्थितिमा भन्दा नयाँ दृष्टि र सोच लिएर अगाडि बढ्ने मान्यता अँगाल्नुपर्ने हुन्छ ।

कृषि, उद्योग, व्यापार, पर्यटन, स्वास्थ्य, शिक्षा, आईसिटि विविध क्षेत्रमा कसरी पाइला सार्ने भन्ने अवधारणाको विकास र खोजी गर्नु वाञ्छनिय हुन आउँछ । दक्ष, अर्धदक्ष, मानव संसाधन तथा रोजगारीको सृजना यस क्षेत्रमा कसरी गर्न सकिन्छ भन्ने विषयमा दिर्घकालीन सोच बनाउनुपर्ने देखिन्छ । शिक्षा नीतिमा व्यापक परिवर्तनको सम्भावना के कसरी हुन सक्छ । आम विद्यार्थीहरु महङ्गो शुल्क तिर्दै उच्च शिक्षा हासिल गरी, विदेशमा तल्लो स्तरको रोजगारी गर्नुपर्ने अवस्थाबाट कसरी छुटकारा पाउन सकिन्छ । हामीले विद्यार्थीहरुलाई निश्चित विषयमा यथेष्ट अध्ययन गराई सोहि विषयसँगै सम्बन्धित रोजगारी उपलब्ध गराउन के कसो गर्नुपर्ने हुन्छ ध्यान दिनु जरुरी छ ।

हाम्रा क्षेत्रमा भएका विभिन्न योजनमा काम गर्ने जनशक्ति किन अझै विदेशबाट आउनु परेको छ सो विस्थापित गरी स्वदेशी जनशक्ति कसरी परिचालन गर्न सकिन्छ । हाम्रा क्षेत्रका युवाले किन अवसर पाउन सकेका छैनन भन्ने बारेमा व्यापक चिन्तन मनन हुनु आवश्यक छ । कुन विद्यार्थीको लागी कस्तो शिक्षा उपयुक्त हुन्छ भन्ने कुरा माध्यमिक तहबाट नै छुट्याइनु आवश्यक छ । यसतर्फ हामीले अहिले नै पाइला चालेनौ भने भविष्यमा स्थानीय वेरोजगारको संख्यामा बढोत्तरी हुनेछ । अहिलेको सामाजिक संरचना भन्दा धेरै विकराल अवस्थातर्फ समाज जानेछ र त्यस्तो पिडामा हाम्रो सन्ततिहरुले जिउनुपर्ने अवस्था आउँन सक्नेछ ।

अहिलेको सामाजिक परिवेशमा, समाजको मूल्य, मान्यता मानवीयता हराउँदै जानुमा देखिएको दोषहरु सुधार गर्दै जान हतार गर्नुपर्ने वेला आएको छ । हाल समाजमा विकसित विचौलियापन, दिवालियापन, दोहरो जिन्दगीको व्यवहार हटाउनको लागि निश्चित सुत्रहरु अवलम्वन गर्दै समाजलाई सहि दिशानिर्देश गर्नको लागि खाका तयार गर्नुपर्ने देखिन्छ ।

समाजमा सामुहिक जवाफदेहिताको भावना सिर्जना गर्नको लागि एकले अर्को माथी औंला ठड्याउने प्रवृत्ति पूर्णरुपमा हटाई अघि बढ्नु वान्छनिय छ । जवसम्म एकांकी धारणाबाट समाजका अवयवहरु प्रेसित हुन्छन् तवसम्म समाजको विकास हुनसक्दैन ।

सामुहिक योगदानबाट गर्न सकिने विकासमा, कृषि, पर्यटन, उद्योग, व्यापार संचार आइसिटि शिक्षा, जडीबुटि, जलविद्युत, फलफूल लगायत साँस्कृतिक जगेर्ना र भ्रष्टाचार र अपराधको रोकथाम उच्च सोच र संस्कृति सभ्यताहरु हुन् ।

समाजमा एकले अर्कोप्रति पूर्ण विस्वस्त भएर कार्य सजगतामा आउने उपयुक्त वातावरणको विकास गर्नु आजको टड्कारो आवश्यकता हो । विविध संस्कृति तथा पर्यटन तथा कृषिले हाम्रो क्षेत्रलाई समुन्नत गराउन सकिन्छ । तराई मधेशका सभ्यतामा रहेका मित्रहरुलाई हाम्रो क्षेत्रको सभ्यता र संस्कृतिसँग परिचित गराउन र त्यस क्षेत्रका नगरपालिका प्रमुखहरुलाई हाम्रो होमस्टहरुमा राखेर सोरठी, घाँटु र गाउँको सभ्यता बारे जानकारी गराउन सकिन्छ । पर्यटन क्षेत्रको भ्रमण गराई तराई-मधेश र पहाडको तादात्म्यता बढाउन सकिन्छ ।

निष्णपूर्वक इमान्दारीका साथी हामीले हाम्रो समाज र क्षेत्रको विकास गर्न सक्छौं । यस प्रकार कार्य योजना वनाई अघि बढ्दा टोल, समाज, जिल्ला प्रदेश र देश नै वास्तविक विकास र सभ्यताको जगेर्ना हुन जान्छ ।

विविध क्षेत्र तथा स्थानमा रहेर योगदान दिने वेशिसहर विज्ञ समाजको अवधारणाले अवस्य पनि त्यस क्षेत्र जुर्मुराएर उठ्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: