‘मिस नेपाल २०२०’ को उपाधि नम्रता श्रेष्ठलाई

काठमाडौं, २० मंसिर : मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले हात पारेकी छिन् । फाइनलमा पुगेका पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल–२०२० को उपाधि उचालेकी हुन् ।

समाजशास्त्रकी विद्यार्थी नम्रताले मिस इन्टलेक्चुअल टाइटल पनि जितिइन् । नम्रता पेशाले किन्डर गार्डेनकी शिक्षिका पनि हुन् ।

आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ ? भन्ने प्रश्नमा उनले नेपाली महिलालाई सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन् ।

मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छिन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुने छिन् ।

प्रतियोगितामा मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्मा र मिस सुपरनेशनल सिमल कनौजियाले जितेका छन् । उनीहरु तीनै जनाले नगद २ लाख ५० हजार प्राप्त गरेका छन् ।

आयोजक हिडन ट्रेजरले सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

कोभिड–१९ का कारण केही महिना पछि धकेलिएको प्रतिस्पर्धा आज (शनिबार) सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.