उपत्यकामा ६४५ सहित १३८० कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौं, १३ मंसिर : गत २४ घण्टामा एक हजार ३८० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् भने ५१५ जना डिस्चार्ज भएका छन्।

देशैभर ९ हजार ३६८ नमुना परीक्षण भएकोमा ८३४ जना पुरुष र ५४६ गरी एक हजार ३६८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा शनिबार थप ६ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ४ सय ८५, भक्तपुरमा ३६ र ललितपुरमा १ सय २४ जनामा कोरोना संक्रमित थपिएका छन् । महिला २ सय ८५ र पुरुष ३ सय ६० छन् ।

काठमाडौं जिल्लामा ८ हजार ३९ सक्रिय संक्रमित छन् । ३ सय ४८ संक्रमितको मृत्यु, ७८ हजार ४ सय ६९ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ८६ हजार ८ सय ५६ छन् ।

भक्तपुरमा सक्रिय संक्रमित ६ सय ३२ छन् । ७ हजार १ सय ४ कोरोना संक्रमणबाट मुक्त, ८९ संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ८ सय २५ छन् ।

त्यसैगरी, ललितपुरमा १ हजार ६ सय २६ सक्रिय संक्रमित छन् । ११ हजार ३ सय ५३ कोरोना संक्रमणबाट मुक्त, १ सय ९ संक्रमितको मृत्यु र कुल संक्रमित १३ हजार ८८ छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ९ हजार ३६८ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १७ लाख १९ हजार ८२८ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप १९ संक्रममितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेहरूको कुल संख्या १४ सय ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: