च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिड विजयी, फेलिक्सको दुई गोल

काठमाडौं, १२ कात्तिक : च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा एट्लेटिकोले आरबी शाल्जवर्गविरुद्ध ३-२ गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन जाओ फेलिक्सले दुई गोल गरे । यता शाल्जवर्गका लागि डोमिनिक सोजसजालीले एक गोल गरे । एक गोल शाल्जवर्गले आत्मघाती उपहार पाएको थियो ।

खेलको २९औं मिनेटमा लोरेन्टेले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । ४०औँ मिनेटमा डोमिनिकले शाल्जवर्गका लागि बराबरी गोल फर्काए । ४७औँ मिनेटमा एट्लेटिकोका फेलिपेले गोल गर्दा शाल्जवर्गले २-१ गोलको अग्रता बनायो ।

५२औँ मिनेटमा फेलिक्सले एट्लेटिकोका लागि बराबरी गोल फर्काए । ८५औँ मिनेटमा फेलिक्सले ब्यक्तिगत दोस्रो गोल गर्दा एट्लेटिकोले ३-० गोलको जित निकाल्न सफल भयो ।

जितसँगै समूह ए मा रहेको एट्लेटिकोको दुई खेलबाट ३ अंक छ । पराजित शाल्जवर्गको १ अंक छ । मंगलबार राति नै भएको अर्को खेकला पोर्टोले ओलम्पिकोसलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.