उपत्यकामा १११० सहित २२२५ जनामा संक्रमण पुष्टि, २८४६ जना डिस्चार्ज

काठमाडौं, कात्तिक : पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २२५ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र १११० जना संक्रमित थपिएका छन् । यसमा ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन् ।

काठमाडौंमा मात्र हालसम्म २० हजार ७२२ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने १९२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ४५४ जना सक्रिय संक्रमित रहेका छन् भने ५५ जनाको मृत्यु भएको छ । त्यसैगरी ललितपुरमा दुई हजार ५३३ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ८४६  जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ८ हजार ३३४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९.८  प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ८० हजार ८६२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ । देशभरका संस्थागत आइसोलेसन १३ हजार १८४ जना र होम आइसोलेसनमा ३२ हजार ८७३ जना रहेका छन् । आजसम्म देशभर तीन हजार ३२२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १३ जनाको मृत्यु भएको हो ।

हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.