उपत्यकामा १७४६ सहित ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८०० जना डिस्चार्ज

काठमाडौं, १ कात्तिक : पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यो संगैं केरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ गरि काठमाडौं उपत्यकामा १७४६ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन् । यो संगैं कोरोना निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना पुगेका छन् । जसमा संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: