लालबन्दी नगरपालिकाको १५ र १६ वडा जोड्ने पक्की पुलको शिलान्यास

सर्लाही, ३० असोज : सर्लाहीको लालबन्दी नगरपालिका– १५ र १६ जोड्ने कालिन्जोर खोलामा पक्की पुल बन्ने भएको छ । परवानीपुरको कालिन्जोर खोलामा निर्माण हुन लागेको पक्की पुलको लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले शुक्रबार शिलान्यास गरे ।

लालबन्दी नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष गोरख बलको अध्यक्षतामा गरिएको शिलान्याश कार्यक्रममा उप–मेयर शान्ति लामा, वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापा सहित स्थानिय नेता कार्यकर्ताको उल्लेख्य उपस्थिती थियो । उपस्थिति सबैले निर्माण कार्यलाई तिव्रता दिनका लागि कामको गुणस्तरीयतामा कन्जुस्याईँ नगर्न ठेकेदार कम्पनीलाई सुझाएका थिए ।

१०३ मिटर लम्बाईको पुल १३ करोड ९१ लाखमा २ बर्षमा निर्माण सम्पन्न गर्ने गरि रसुवा एलाईट जेबि कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

साबिकको परवानीपुर गाबिस वडा नम्बर १ मा पर्ने कालीञ्जोर खोलाले बर्षाको समयमा स्थानीयलाई खोला वारपार गर्न समेत समस्या पर्दै आएको थियो भने माध्यमिक स्तरको बिद्यालय समेत परवानीपुरचोकमा रहेकाले बिद्यार्थीलाई बिद्यालय जान आउन समस्या हुने गरेको थियो ।

पुर्व पश्चिम राजमार्गबाट करिव १० किलोमिटर उत्तरतर्फ रहेको परवानीपुरमा भौगोलिक रुपमै फरक खालको महसुस हुने १५ र १६ नम्बर वडालाई जोड्नका लागी यो पुल कोशेढुंगा साबित हुने स्थानीय बताउँछन । पुल बनेपछि भौगोलक रुपमा बिकट १५ नम्बर वडाका बिभिन्न ठाउँमा आवत जावत गर्न सहज हुनेछ ।

पुलको उद्घाटन कार्यक्रममा मेयर खड्काले नेपालीहरुको पर्व बिजयादशमीको सबैमा शुभकामना समेत दिएका छन् । कोरोना माहामारिले बिश्वमा आतंक मच्चाईरहेकाले सरकारले निर्धारण गरेका मापदण्ड भित्र रहि दशैँ मनाउन र आफुलाई सुरक्षित राख्न समेत मेयर खड्काले आग्रह गरेका छन् ।

पुल निर्माणले परवानीपुरबासीको समृद्धिमा धेरै ठूलो टेवा पुग्ने बताउँदै लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका यस भेगका जनतालाई आवतजावत गर्न सहज हुनेछ र यहाँको समृद्धिको ढोका खुला गर्ने मेयर खड्काको विश्वास छ ।

यसैगरी, वडा नं. १६ का अध्यक्ष गणेश थापाले विकास र आर्थिक समृद्धि ल्याउने क्रान्तिको युग सुरु भएको बताउँदै यसका लागि नेपाली जनतालाई सुख र शान्ति दिन सबै जनप्रतिनिधि सुशासन र पारदर्शिता सहित अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यस्तै वडा नं. १५ का अध्यक्ष गोरख बलले गाउँको विकासका लागि सडक, बिजुली अति आवश्यक रहेकोले अब रिङरोडको अवधारणाअनुसार काम गरिने र पुलको उपयोगिताका विविध पक्षमाथि प्रकाश पारे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: