पन्जाबद्वारा बैंगलोर ८ विकेटले पराजित

काठमाडौं, ३० असोज : यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत किङ्स इलाभेन पन्जाबले दोस्रो जित निकालेको छ ।

बिहीबार भएको खेलमा पन्जाबले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो । शाराझा क्रिकेट स्टेडियममा बैंगलोरले पन्जाबलाई जितका लागि दिएको १७२ रनको लक्ष्य पन्जाबले निर्धाति २० ओभरमा २ विकेट गुमाउँदै १७७ रन बनाएको हो ।

पन्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । राहुलले ४९ बलमा अविजित रहदै ६१ रन बनाए ।

गेलले ४५ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस सिजन पहिलो पटक पन्जाबको प्लेइङ सेटमा परेका गेलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

यस्तै मायांक अग्रवालले ४५ रनको योगदान दिए । निकोलस पुरन ६ रनमा अविजित रहे ।

बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे । यस्तै शिबम डुबेले २३ रन जोड्दा आरोन फिन्चले २० रन बनाए ।

देभदुत पडीक्कल १८ रनमा आउट हुँदा वासिंगटन सुन्दर १३ रनमा आउट भए ।

क्रिस मोरीस २५ रनमा अविजित रहदा इसुरु उडाना १० रनमा अविजित रहे ।

पन्जाबका मोहमद शामी र मुरुगान आश्विनले २/२ विकेट लिए । यस्तै अश्रदिप सिंह र क्रिस जोर्डनले १/१ विकेट लिए ।

जितसँगै पन्जाबले ८ खेलमा ४ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ ।

पन्जाबले यस सिजन लगातार दोस्रो खेलमा बैंगलोरलाई हराएको हो । यस अघिको पहिलो भेटमा पनि पन्जाबले बैंगलोरलाई ९७ रनले हराएको थियो ।

बैंगलोरको यो तेस्रो हार हो । बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटअन्तर्गत मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दै छ ।

सेख ज्यायद क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: