आईपीएल : चेन्नईद्वारा हैदराबाद २० रनले पराजित

काठमाडौं, २८ असोज : साविक उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।

हैदरावादका लागि केन विलियमसनले अर्धशतकीय पारी खेले । ३९ बल खेलेका उनले ७ चौकाको सहयोगमा ५७ रन बनाए । त्यस्तै जोनी बेरेस्टोले २३ रन जोड्दा प्रियम गर्ग १६ तथा राशिद खानले १४ रनको योगदान गरे ।

बलिङतर्फ चेन्नईका लागि डुइन ब्राभो र करन शर्माले समान दुई-दुई विकेट लिए । त्यस्तै श्यम करन, रवेन्द्र जडेजा र शार्दुल ठाकुरले समान एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

चेन्नईका लागि शेन वाट्सले सर्वाधिक ४२ रनको योगदान गरे । त्यस्तै अम्बिती रायडुले ४१ रन जोड्दा श्यम करन ३१, महेन्द्र सिंह धोनी २१ र रवेन्द्र जडेजाले २५ रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि सन्दीप शर्मा, अहमेद र थंगारसुन नटराजनले समान दुई-दुई विकेट लिए ।

जितसँगै चेन्नईले ८ खेलबाट ६ अंक जोडेको छ । चेन्नई तालिकाको छैटौं स्थानमा रहेको छ । यता पराजित हैदरावाद तालिकाको पाँचौ स्थानमा रहेको छ । हैदरावादको ६ अंक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: