टोयोटाको ‘कोरोला क्रस’ एसयुभी नेपालमा सार्वजनिक

काठमाडौं,  १५ असोज : नेपालमा टोयोटाको ‘कोरोला क्रस’ एसयुभी सार्वजनिक भएको छ ।

टोयोटा गाडीको लागि नेपालको बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले भर्चुअल कार्यक्रमको माध्यमबाट उक्त गाडी सार्वजनिक गरेको हो ।

क्रसओभर सेग्मेन्ट अन्तर्गतको यो गाडी २ भेरियन्टमा सार्बजनिक भएको छ ।

१८ सय सिसी इन्जिन क्षमताको यो गाडी पेट्रोल इन्जिमा उपलव्ध छ । कोरोला क्रसको अधिकतम पवार १४० हर्ष पावर र टर्क १७५ एनएम छ ।

नेपालमा १ करोड १२ लाख र १ करोड ३३ लाख रुपैयाँ मूल्यका यो गाडी दुई भेरियन्टमा उपलब्ध छ ।

कम्पनीको टोयोटा न्यू ग्लोबल आर्किटेक्चर ‘टिएनजीए’ अन्तर्गत रहेको यो गाडीमा फराकिलो क्याविन र क्लास लिडिङ लगेज स्पेस (४१८ लिटर) रहेको कम्पनीले जनाएको छ ।

सफ्ट टचसहित ड्यासबोर्डमा क्लिन ले-आउट सामाग्री जडान गरिएको छ । गाडीमा एप्पल कारप्ले सपोर्टिभ नौ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, टिएफटी (थिन फिल्म ट्रान्जिस्टर) डिस्प्ले, पानारोमिक भ्यू मोनिटर, पावर्ड मुनरुफ, एडजस्टेबल ड्राइभर सीट लगायत अत्याधुनिक प्रविधि समावेश रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार डे टाइम रनिङ लाइटसहितको एलइडी हेड ल्याम्प जडान गरिएको गाडीमा १८ इन्चको डायमोण्ड कट एलोइ व्हील छ। गाडीमा सातवटा एयरब्याग छ भने चालकले स्टेरिङ असिस्टको सहायतामा लेन डिपार्चर अलर्टको सुविधा लिन सकिने कम्पनीले जनाएको छ । ट्रेसिङ असिस्टमार्फत चालकले यो गाडीमा डाइनामिक राडर क्रुज कन्ट्रोल, अटोमेटिक हेड ल्याम्प्स, ब्लाइण्ड स्पट मनिटर लगायतको सुविधा दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १.८ लिटर पेट्रोल इन्जिनयुक्त गाडीमा १३८ ब्रेकिङ हर्षपावर र एक सय ७७ नुटन मिटरको पिक टर्क क्षमता छ । ‘सिभिटी’ ट्रान्समसिन जडान गरिएको गाडीमा छिट्टै एक्सिलिरेसन लिने क्षमता रहेको कम्पनीले जनाएको छ।

कम्पनीले बिहीबारदेखि बुकिङ र टेस्ट राइडका लागि खुला गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: