गुल्मीको रेसुङ्गामा रहेको यज्ञशाला मन्दिर  

तम्घास, २ असोज : गुल्मीको धार्मिक तथा ऐतिहासिक स्थल रेसुङ्गामा रहेको यज्ञशाला मन्दिर ।

प्रायजसो समयमा दर्शनार्थीहरुको भिडभाडा हुने यस मन्दिरमा कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनदेखि सुनसान जस्तै छ । अब लकडान खुलेसँगै मन्दिरमा दर्शनार्थी आउने अपेक्षा गरिएको छ ।

रेसुङ्गाको के छ महत्व ? 

रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको अध्यात्मिक महत्व रहेको जनश्रुति छ । प्राचिन युगमा धेरै ऋषि महर्षिहरुले तपस्या गरेकोले यस ठाउँको नाम रेसुङ्गा रहेको पुराणवाचक चैतन्य कृष्णले बताए ।

रेसुङ्गाको द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको विभिन्न धर्मग्रन्थहरुमा उल्लेख रहेको समितिका अध्यक्ष भुसालले बताए । सिद्धभूमि, तपोभूमि महर्षी भूमि, ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर पुण्य भूमि बनेको छ ।

अध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि रेसुङ्गालाई लिइन्छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेको भुसालले बताए । धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय जस्ता धार्मिक स्थलहरु यसै क्षेत्र भित्र पर्दछन् ।

समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्यावलोकन गर्न सकिने भ्यु टावर रहेको छ ।

तस्बिर: हुमाकान्त पोखरेल

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: