ब्यबस्थित नीति नियमको अभाबमा “बाचेको देश”

हरि डाँगी । काठमाडौं, १५ भदौ : कुनै देशको राज्य निर्देशित सिद्धान्त हुन्छ र त्यही निर्देशित सिद्धान्त अनुसार देश चलेको हुन्छ, सरकार, जनता चलेका हुन्छन  देशको बिधि बिधान हुन्छ जनता, सरकार त्यसको चलायमान श्रोत हुन् ।

कुरो आउछ हामी जनता सरकारले त्यसको मान मनिधो कति गरेका छौ ? राष्ट्र हाम्रो सर्बोपरी हो । राष्ट्र छ हामी छौ राष्ट्र छैन हाम्रो अस्तित्व पनि छैन । राष्ट्रको सर्बोपरी  बिकासका निम्ति हाम्रो भूमिका कति कति छ ? हामी कति चलायमान भएर बसेका छौ यो हाम्रो अनुत्तरित प्रश्न ।

जनता शक्तिका साधक हुन् र सरकार तिनका ऐना हुन् जहाबाट जनताले तिनको अनुहारको रुपरेखा नियालि रहेका हुन्छन र तिनको कार्यको जोड  घटाउको लेखा जोखा राखिरहेका हुन्छन । कुनै पनि कामको नियम हुन्छ, नियमानुसार कार्यसम्पादन गर्नुपर्छ  अनि मात्र निर्णय तहमा  पुग्न सकिन्छ । तर हाम्रो देशमा त्यो स्थिति छैन । राज्यको निर्णयतहमा पुगेको तीन किसिमको सरकार तीनतिर फर्किएको छ ।

देशको समस्या एकातिर, जनताको समस्या अर्कोतिर थाती राखेर आफ्नै पारामा बुर्कुसी मार्न तल्लिन छ । जनताका समस्या के हुन्, त्यसको निराकरण कसरी गर्ने सबाल परको कुरा भयो । रोग र भोक आजको जटिल समस्या, कोरोना समक्रमण यसबाट प्रताडित नेपाली जनता सुखद क्षणमा हास्न रमाउन सकिरहेका छैनन् ।

राज्य निर्देशित सिद्धान्त कमजोर भएका कारण समाजका हरेक नागरिक सामाजिक भावनाको अपनत्व कायम गर्नबाट चुकेको अवस्था छ । भौतिक दुरी भन्नुको साटो सामाजिक दुरी भनिदिनाले समाजमा मानवीय हैसियत हराएको छ ।

तीन तहको सरकारको भूमिका प्राय शून्य छ ? यो बेलामा स्थानीय सरकारको भूमिका गहन बन्नु पर्ने हो तर त्यो देखिदैन, बरु जनताका पीडामा नुन चुक दल्न उद्दत रहेको छ ।

जनताका समस्या, समाज परिबर्तनको अहम भूमिकामा बसेका जनप्रतिनिधि समस्यालाई एउटा कुनामा थन्काएर अपराधजन्य घटनामा सरिक बन्नु राज्य र जनता  बिरुद्धअपराध गरेको जस्तो देखिन्छ ।

जनताको सेवक बनेर बस्नुपर्ने  बेलामा जनताकै शत्रु बन्नु यो कतिसम्म जायज बिषय हो र यसले कस्तो नैतिक चरित्रको प्रतिबिम्बित गराउन सफल होला ।

देशको नेतृत्व प्रणालीले म यो ब्रान्डको त्यो ब्रान्डको भन्ने होइन, म जनताको सेवक हु, जनताको नोकर हु भन्ने भावनाबाट अभिप्रेरित हुनुपर्छ । अनि मात्र सच्चा इमान्दारिता झल्किन्छ ।

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानको चरितार्थ गर्दैछ । आज यो तीन तहको सरकार बेमौसमको बाजा बजाउन तल्लिन छ । जनताको जनजीविकाको बिगुल फुक्ने ओली सरकार जनताकै ढाड सेकाउदै भ्रष्टाचार, कमिसनमा लिप्त छ ।

बिचौलियालाई ज्वाइ पालेजस्तै पालेर जनतालाई महंगीको उपहार बाड्न  उद्दत छ । अनि आफूलाई जनताको सेवक भन्ने शब्दको पगरी  झुन्ड्याउन लालायित छ । यो जटिल अवस्था जनता यसरी कहिलेसम्म बाच्ने ?

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: