६३ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं, २२ असार : सरकारले प्रशासन सेवा राजपत्राकित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मन्त्रीस्तरीय निर्णयबाट ६३ जना सहसचिवको सरुवा भएको हो । तीमध्ये ४८ जनाको काज सरुवा भएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा खटाएको छ । कतिपयलाई काज सरुवा गरिएको छ भने कतिपयलाई कामकाजका लागि भनेर पठाइएको छ ।

वरिष्ठ सहसचिवहरुलाई सकेसम्म काठमाडौं बाहिर पठाउने नीति मन्त्रालयको छ । सोही नीति अनुसार राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवहरुलाई बिभिन्न कार्यालयहरुमा खटाइएको मन्त्रालयका एक अधिकारीले बताए ।

Joint_Secretary_List
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.