काठमाडौंका एकजना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ३२ पुग्यो
काठमाडौं, १९ असार : नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।
उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालको आइसोलेसनमा राखि उपचार गर्दा असार १७ गते राति ११ बजे मृत्यु भएको थियो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।