सूर्योदय लघुबित्तद्वारा विपद्कोषमा १० लाख सहयोग

मिरा मल्ल । पुतलीबजार स्याङ्जा, १९ जेठ : सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्योदय लघुबित्त वित्तिय संस्थाले १० लाख १० हजार सहयोग गरेको छ ।

कोरोना भाइरसको महामारी फैँलिरहदाँ स्याङ्जाको पुतलीबजारमा केन्द्रिय कार्यालय रहेको सुर्योदय लघुबित्त वित्तिय संस्था लिमिटेडले प्रदेश र स्थानीय तहका विपद्कोषमा रकम हस्तान्तरण गरेको छ ।

त्रिलोक लघुवित्तसँग मर्ज भएर बनेको सूर्योदयले आफ्ना शाखा रहेका ३ वटा प्रदेश र ५६ वटा स्थानीय तहमा गरि १० लाख १० हजार हस्तान्तरण गरेको प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनीले जानकारी दिनुभयो ।

सूर्योदयले गण्डकी प्रदेश र ५ नं प्रदेशलाई दुई/दुई लाख, सूर्योदयको केन्द्रिय कार्यालय रहेको पुतलीबजार नगरपालिकालाई ५० हजार, प्रदेश नं ६ को बनगाड कुपिण्डे नगरपालिकालाई ५० हजार र यसअघि त्रिलोकको केन्द्रिय कार्यालय रहेको सुनवल नगरपालिकालाई २५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

साथै स्याङजाको फेदिखोला, अर्जुनचौपारी, विरुवा, कालीगण्डकी गाउँपालिका, वालिङ र चापाकोट नगरपालिका गरि ५३ वटा स्थानीय तहमा १०/१० हजार रकम उपलब्ध गराएको प्रमुख कार्यकारी अधिकृत पंगनीले बताउनुभयो ।

सूर्योदयको अहिले २३ जिल्लामा ६५ वटा शाखाहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.