कञ्‍चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा खटेका वडा अध्यक्षको मृत्यु, कोभिड-१९ परीक्षणको तयारी

कैलाली, १४ जेठ : कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा खटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

वडा नम्वर ७ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालयमा क्वारेन्टाइन व्यवस्थापनमा खटेका ५८ बर्षीय उनी एक्कासी बेहोस भएका थिए । अस्पतालमा उपचार गर्ने लैजाने क्रममा गएराति करिब १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय श्रोतका अनुसार उनको मृत्युको कारण खुल्न नसकेको जानकारी दिएको छ । शवको पोष्टमार्टमको रिपोर्ट आएपछि उनको मृत्युको कारण पत्ता लाग्नेछ ।

उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्न थ्रोट स्वाब नमूना संकलनको तयारी भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: