एकै परिवारका १८ जना डिस्चार्ज, ४ महिने शिशुदेखि ६६ वर्षीय वृद्धले जिते कोरोना

वीरगञ्ज,१२ जेठ : कोरोना संक्रमण पुष्टि भइ नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकामध्ये  थप १८ जनाले  कोरोना भाइरसलाई पराजित गरेर डिस्चार्ज भएका छन ।

डिस्चार्ज हुनेमा २ महिने शिशु र १० बालबालिका पनि रहेको  अस्पतालका मेसु डा मदन उपाध्यायले जनाकारी दिए ।  उनका अनुसार, वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई आइतबार राति डिस्चार्ज गरि घर पठाइएको हो ।

आइतबार राति डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन् ।

उक्त परिवारका ३७ वर्षीय पुरुषलाई बैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यही दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उनको कन्ट्याक्ट ट्रेसीङ गर्दा बैशाख २४ गते उनको परिवारका अरु १७ जना सदस्यमा पनि संक्रमण देखिएपछि १७ जनालाई पनि बैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

यसअघि शनिबार पनि नारायणी अस्पतालबाटै ७ जनालाई डिस्चार्ज गरिएको थियो । वीरगञ्जमा आइतबार रातिसम्म काेराेना निकाे भएर फर्कने कुल २९ जना रहेका छन् ।

यो सँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.