दृश्य ब्रह्माण्ड : धुलोबाट विशाल संरचनाहुंदै मृत्युसम्म

राम राज प्रताप भण्डारी । काठमाडौं, २४ बैशाखः रहस्यै रहस्यले भरिएको यस ब्रह्माण्ड जसलाई हामी दृश्य ब्रह्माण्ड पनि भन्दछौं जो आफ्नैमा अद्भूत मानिन्छ । न त यसको सुरुको बारे थाहा हुन सकेको छ न त अन्त्य नै । बैज्ञानिक एउटा बिषयको रहस्यको सुल्झाउछन्, अरु दर्जनौं रहस्यहरु चुनौंतीको रुपमा अघी देखा पर्दछन् । तर पनि बिज्ञानको खोज र अनुसन्धानबाट, त्यस्ता धेरै रहस्यहरु खुल्दै पनि गईरहेको छ, र बिश्वासनीय तथ्यहरु प्राप्त भईरहेका छन्

ब्रह्माण्डको उत्पत्ती देखी लिएर, यसको संरचना, गतिबिधी, अस्तित्व र बिनाश हुदै संहार (अन्त्य वा मृत्यु) सबै भौंतिक बिज्ञानको सिद्दान्तहरुको आधारमा चल्दछ । कति कु रा बिज्ञानको समान्य शिद्दान्त अनुसार छन् भने कति असामान्य, कठिन र बिशिष्ट शिद्दान्तहरुबाट संचालित छन् । आगामी दिनहरुमा ती सबै तथ्यहरु बिस्तारै अबश्य उजागर हुदैं पनि जानेछन् र यो खोज को सिलसिला निक्कै लामो चल्नेवाला छ ।

पृथ्वीमा मानव सभ्यताको लामो समयसम्म ब्रह्माण्डको बारेमा बिबिन्न समाज र समुदायहरुमा धार्मीक वा दर्शनीक कथन र परिकल्पनाहरु स्थान पाए । तिनै कथन र परिकल्पनाहरु तत्कालीन समाज र त्यँहाका मानिसहरुको जीवन यापन आधार स्तम्भ पनि बने र बनाईए । त्यस्ता केहि मान्यताहरु अहिले पनि बिध्धमान छन । अहिलेको समयमा बिकशित बिज्ञानको खोज र अनुसन्धानबाट प्राप्त ब्रह्माण्ड संबन्धी तथ्यहरुले त्यस्ता मान्यताहरु गलत साबित पनि हुंदै गईरहेका छन् ।

पृथ्वी र यँहाको सभ्यता, अन्य ग्रहहरु र तीनका उपग्रहहरु लगायत सौंर्य-मण्डल, ताराहरु साथै समग्र ब्रह्माण्ड आदिको बारेमा अ-आफ्नै ब्याख्या र तर्कहरु गरिदैं आएका छन् । बैज्ञानिक तथ्य र आधार-रहीत ती अबधारणाहरुले फरक-फरक समाजमा आफ्नै दह्रो स्थान पनि बनाएको पाईन्छ । त्यस्ता कतिपय मान्यताहरु बैज्ञानिक धृष्टीकोणबाट पूर्णरुपले गलत साबित भएपनि जनमानसको त्यो बिश्वासलाई सजिलै बदल्न सकिने स्थिती पनि छैन । र ती आधारहीन बिश्वासहरुलाई लिएर २१ औं सतांब्दीको आधुनिक समाज र सभ्यता अगाडी बढ्न पनि सक्दैन ।

यो पनि त्यतिकै सत्य हो की बिश्व ब्रह्माण्ड, पृथ्वी र मानव लगायत यँहाको सब्यताको बारेको बिश्वास र मान्यताहरुलाई तत्कालै सजिलै बदल्न सक्ने अबस्था पनि छैन । यसको लागी समाजको समग्र रुपान्तरण जरुरी हुन्छ र जुन सम्मज रुपान्तरणको यथार्थता र अपरिहार्यता छ, त्यो शिक्षा र बैज्ञानिक चेतनाको आधारमा मात्र संभव हुन्छ । र यसलाई समयको निरन्तरता संगै आउने परिबर्तन र बिशिष्टताले मात्र संबोधन गर्न सक्दछ ।

हालको मानव सब्यताको बिकाशको सुरुवात अफ्रीका महादेशबाट सुरु भएको मानिए पनि धर्म, संस्कृति र दर्शनको बिकाशको ईतिहास केलाउने हो भने दुई फरक केन्द्रहरु देखा पर्दछन्: ती हुन १. पुर्बीय समाज र सभ्यता, २. पश्चिमी समाज र सभ्यता । यी दुई समाज र सभ्यताहरुको धर्म, संस्कृति र दर्शनहरु को बिकाशमा अहम भुमिका भए पनि अन्य समाज र सभ्यताहरुको योगदानहरु पनि उल्लेखनिय छन् । तर सबै समाज र सभ्यताहरुको धर्म, संस्कृति र दर्शनहरुका आधार्भूत मान्यताहरु लगभग समान हुने गरेको पाइन्छ ।

प्राय: सबै समाजहरुले पृथ्वी र यँहाको सभ्यता लगायत सम्पूर्ण ब्रह्माण्डको उत्पती र संरचनाको आफ्नै तर्क र मान्यताहरु रकेका छन्, जसानुसार कुनै अलौंकिक शक्ती वा भगवानले एक झमटमा बनाए र मानिसहरुलाई यँहाको चराचरहरुको अधिपति बनाए । जँहा बिज्ञानको क्रमबिकाशको शिद्दान्तको कुनै गुन्जायस नै छैन । त्यस्तै पृथ्वी चेप्टो छ, आकाश भन्ने पदार्थले माथीबाट ढाकेको छ, आकशमा सिमित संख्यामा ताराहरु र केही ग्रहहरु छन्, जो सबैले पृथ्वीलाई परिक्रमा गर्छन्, ब्रह्माण्डका सबै कुराहरु ५ तत्वहरुले बनेका छन्, पृथ्वीको मुनि नर्क छ, माथी स्वर्ग छ आदि ईत्यादि ।

अहिलेको बिज्ञानको र प्रबिधीको बिकाश र अछिल्ला समयमा पृथ्वी र यसको बातावरण र जीवन लगायत पुरै ब्रह्माण्डको खोज र अनुसन्धानसंग ती तर्क र बिश्वासको कतै मेल खान जादैन । या यसो भन्न सकिन्छ कि बर्तमानमा हामी समानान्तर समाजहरु बाट संचालित र निर्देशित छौं: बैज्ञानिक र धार्मिक समाज । धार्मिक समाजहरुका तर्क र अबधारणाहरु अफ्नै ठाउँमा होलान । तर बिज्ञानको खोज र अनुसन्धानबाट हालको बिश्व धेरै अघी बढी सकेकोछ र यसले संपूर्ण ब्रह्माण्डको उत्पती, संचालन, संरचना आदिको छुट्टै यथार्थताहरुको तथ्य र प्रमाणहरु द्वारा पुष्टी समेत गर्दै आईरहेको छ ।

ब्रह्माण्डीय धुलो :

बैज्ञानिक तर्क र शिद्दान्तहरुको आधारमा यस ब्रह्माण्ड र यसमा भएकाकुनै पनि कुराहरु यतिसम्म की स्वंम हामी मान्छेहरु पनि ब्रह्माण्डीय धुलोबाट बनेका हौं । यसरी सम्पुर्ण बस्तु र संरचनाहरु निर्माण सर्बब्यापी भौंतिक नियमहरु अनुसार भएका हुन र हरेक कुराको निर्माणमा एउटा निस्चित समयाबधी ब्यथित भएको हुन्छ । ब्रह्माण्ड अनन्त: छ, हाल सम्म यस्को बारेमा भएको खोज र अनुसन्धानहरु प्रयाप्त भने छैनन् ।

ब्रह्माण्डको स्पेस (अन्तरिक्ष) पिण्डहरु बाहेक खाली यानी सुन्य छ भन्ने गरिन्छ, किनकी स्पेसमा ध्वनी यात्रा गर्न सक्दैन, त्यसैले त्यँहा आवाज सुनिदैन । तर यो मात्र आंसीक सत्य हो, बास्तवमा स्पेसमा संपूर्ण सुन्य वा खाली नभई ब्रह्माण्डीय धुलोको कणहरु बिद्धमान छन् । तर ती कणहरु एकछ्त्र र समान रुपले बितरीत छैनन् । र तिनीहरुको बनावट, संरचना, आकार तथा भौतिक र रसायनिक गुणहरु पनि एउटै प्रकारको पनि छैन ।

ब्रह्माण्डीय धुलो भनेको धूलो हो जुन पृथ्वीको बाहिरी स्थान वा अन्तरिक्षमा अवस्थित छ र यसलाई  अतिरिक्त-स्थलीय धूल (Extra-Terrestrial Dust) वा अन्तरिक्ष धुलो  (Space Dust) पनि भनिन्छ। धेरै ब्रह्माण्डीय धूलोका कणहरूको आकार केही परमाणुहरु मिलेर बनेका अणुहरू र 0.१ mm को बीचमा मापन गरीएको छ । ब्रह्माण्डीय धुलोको प्रकारहरु तिनीहरु पाईने खगोलको स्थानबाट छुट्याउन सकिन्छ: अन्तर-तारापुन्जीय धुलो Inter-Galactic Dust), अन्तर-तारकीय धुलो (Inter-Stellar Dust), अन्तर-ग्रहीय धुलो (Inter-Planetary Dust) र परिग्रहीय धुलो (Circum-Planetary Dust: जस्तै शनी ग्रहको चक्र)।

ब्रह्माण्डीय धूलो हाइड्रोजन र हीलियम भन्दा भारी विभिन्न तत्वहरू (परमणुहरु) जस्तै केही आयोनाइज्ड परमाणुहरु सहित कार्बन, अक्सिजन, फलाम आदि बाट बनेको हुन्छ । यिनै पदार्थहरुबाटै मान्छेहरु लगायत ग्रह, उपग्रह र ताराहरु को निर्माण भएको हुन्छ । त्यस्तै ब्रह्माण्डीय धुलोमा ठोस पदार्थको साना कणहरू हुन, जुन ताराहरू र अन्य खगोलीय पिण्डहरुको बीचमा खाली स्थानमा तैरिरहेका हुन्छन् । ती धुलका कणहरुको प्रमुख स्रोतहरू पुछ्रेतारा (Comet), छुद्रतारा (Asteroid), उल्कापिण्ड (Meteoroid) साथै ताराहरको विस्फोट आदि हुन् ।

निहरीका (Nebula) अन्तरिक्षमा पाइने ग्याँस र धुलोको बादल हो, यो ब्रह्माण्डमा अनगिन्ती निहरीकाहरुहरु छन् । केही निहरीकाहरु हाम्रो खुल्ला आँखाले देख्न सकिन्छ भने केही देखिदैनन् । निहरीकाहरु मुख्यतया हाईड्रोजन, केहि हिलियम, आयोनाइज्ड परमाणु र थोरै ब्रह्माण्डीय धुलोहरु मिलेर बनेको हुन्छन्, यीनीहरुबाटै ताराहरुको जन्म हुन्छ भने ताराहरु मर्दा पनि निहरीकाहरुको जन्म हुने गरेको बैज्ञानिक बिश्वास्स छ ।

निहरीकाहरुको आफैंमा कुनै रंग हुदैन तर छेउछाउका ताराहरुबाट प्राप्त हुने प्रकाश र तापका कारण र निहरीकाहरुमा भएको पदार्थहरुको गुणका कारणले बिभिन्न रंग र प्रकारहरुमा देखिन्छन् । जस्तो बाहीरबाट प्राप्त तापलाई बढी सोंसेमा रंगिन चम्किल्ला देखिन्छन् र ताप सोंस्न सकेनन् र प्रकाशलाई पनि पराबर्तन गर्न सकेनन् भने पुरै कालो खाली ठाउँ जस्तो देखिन्छन् । र अन्य भने प्रकाश पराबर्तन गर्ने प्रकृतीको आधारमा तदानुसार रंग-बिरंगका देखिन्छन् ।

निहरीकाहरुकोलाई परापूर्ब काल देखीनै आकाशिय बादल पनि भन्ने गरेको पाईएको छ । प्राग्-ऐतिहासिक समयमा पनि पुर्बिय पाश्चात्य दार्शनिकहरुले निहरीकाहरुको बारेमा उल्लेख गरेको पाइन्छ । ती समयहरुमा निहरीकाहरु संबन्धी जे जस्तो अनुमान र ब्याख्या गरे पनि तिनीहरुको बारेमा  बैज्ञानिक ब्याख्या करीब एक संताब्दी देखी मात्र भएको पाईन्छ । र यही बैज्ञानिक ब्याख्याका अनुसार अन्तरीक्ष पुरै व्याकुम छैन र हरेक आकाशिय पिण्डहरुका बिचमा अतिनै ठुलो परिमाणमा ब्रह्माण्डीय धुलो उपस्थित छ र यसले निहरीका र ताराहरुको निर्माणमा समेत भुमिका खेलेका हुन्छ ।

ब्रमाण्ड उत्पत्तीका शिद्दान्तहरु :

पृथ्वीको अन्तिम हिमयुग ११५00 बर्ष अघी समाप्त भएको भौंगोलिक प्रमाणहरुले पुष्टी गरिसकेको छ । मानव सभ्यता बिकाशको ईतिहासको त्यो कालखण्डमा मान्छेहरु करिब ३0000 बर्ष देखी अफ्रीका महादेशबाट पुरै बिश्व भरी अनुकुलता, प्रतिकुलताका बाबजुध फैलन सफल भए । हिमयुग समाप्तको १000 बर्ष बित्दासम्ममा मानिसहरु पूर्ण सक्षम भई सकेको र सभ्यता बिकाशको आधुनिक चरणको सुरुवात भईसकेको पाइन्छ ।

मानव सभ्यता बिकाशको आधुनिक चरणको ब्यबस्थापनमा पुर्बीय समाज र सभ्यता धेरै अगाडी गएको पाइन्छ । तर आधुनिक ईतिहासको आधिकारिकता र अध्ययनमा एकलौटी पाश्चात्य दबदबा भएकोले कति सत्यताको उजागर हुन नसकेको अबस्था छ । तिनीहरुले मान्यता पाउन पनि सकेका छैनन् भने खोज अनुसन्धान सहित स्थापित हुन पनि सकेका छैन । महाभारत पर्बत शृंखलाका उपत्यका र नदी किनारामा आज भन्दा १0000 बर्ष अघी घर पालुवा जनावर, कृषि-खेती र ब्यबस्थित बसोबास सहितको सभ्यता भएको पाईन्छ ।

इन्दस नदीको सभ्यता सहित नेपाल, भारत आदि भु-भागहरुमा राज्य ब्यबस्था र राजकाज सहित समाजलाई ब्यबस्थित र निर्देशीत गरेको पाइन्छ र दर्शन, आध्यात्मिक चिन्तन, जीवन आदर्शताका शिद्दान्तको बिकाश भएको समेत पाइन्छ । चीनको तिब्बत र वरीपरीका पहाडहरुमा गह्रा बनाई खेती गरेको पाइन्छ भने त्यो समयमा पच्शिमी समाज ब्यबस्थित समेत भएको थिएन । पच्शिमी समाज आज भन्दा ५000 बर्ष नाईल नदीको किनाराहरुमा बिकाश र ब्यबस्थित हुदै ध्रुतरुपमा आधुनिक समाजहरुको स्थापना भएको पाईन्छ ।

यी बिकशित समाज र सभ्यताहरुले पृथ्वी लगायत ब्रह्माण्डको उत्पत्तीको दार्शनिक तथा धार्मिक शिद्दान्तहरु अघी सरेकाछन् । जस अनुसार मानिस लगायत सबै चराचर, बनस्पती र ब्रह्माण्डीय संरचनाहरु कुनै अदृश्य शक्ती वा भगवानले हालको जस्तै उन्नत खालकै निर्माण गरी मनिसहरुलाई ती सबै माथी अधिपत्य स्थापित गर्न निर्देशन दिएका हुन् । यी बिचारहरु अती सरल तर्क र मिथकको माध्यमबाट ब्याख्या गर्ने कोशिश गरिए पनि ब्रह्माण्डका यावत महासंरचना अतिनै जटिल भौंतिक शिद्दान्त र यथार्थतालाई पुष्टी गर्न पर्याप्त भने छैनन् ।

ब्रह्माण्ड उत्पत्तीका ती दार्शनिक तथा धार्मिक शिद्दान्तहरुका बिपरीत बैज्ञानिकहरुले परस्पर बिरोधाभासपूर्ण शिदान्तहरु प्रस्तुत गरेको पाइन्छ । यी बैज्ञानिक तर्क र शिद्दान्तहरु मध्ये पनि केही यथार्थताको नजिक हुनुको साथै बिज्ञान र भौंतिक नियमहरुको सापेक्षित मानिन्छन् । दुई शिद्दान्तहरु: निहारीका परिकल्पना (Nebular Hypothesis) र महाबिस्फोट परिकल्पना (Big-Bang Hypothesis) बढी तर्क संगत र बिज्ञान सापेक्षित भएको बैज्ञानिकहरुको मान्यता छ । यी शिद्दान्तहरुका तथ्य सहित बैज्ञानिकरुपले प्रमाणित हुन भने अझै केही समय लाग्न सक्दछ ।

निहारीका परिकल्पना (Nebular Hypothesis)

यो परिकल्पनाका पक्षका बैज्ञानिकहरुका अनुसार ब्रह्माण्डको खाली भागमा ब्यापकरुपले फैलिएको ब्रह्माण्डीय धुलो सहितको निहारीका लामो समयको अन्तरालमा गुरुत्वबलको कारणले आपसमा टाँस्सिदै ठुलो पिण्डको रुपलिन गर्दछ । त्यस्ता ठुला पिण्डहरुको केन्द्रमा उत्पन्न हुने अनन्त: चापले उच्च तापक्रम शृजना गर्दछ । निहारीकामा उपस्थित ठुलो परिमाणको हाईड्रोजनले उक्त उच्च चाप र तापले गर्दा न्युक्लियर फ्युजन प्रतिक्रीयाबाट ठुलो मात्रामा उर्जा उत्पादन गरी ताराको जन्म हुन्छ ।

निहारीका परिकल्पनाको अनुसार अन्तरिक्षको बिशाल क्षेत्र भरी यसरी ताराहरुको उत्पत्तीले एउटा तारापुन्जको निर्माण हुन्छ । हाईड्रोजन ग्याँस कमी भएको अबस्थामा ती निहारीकाबाट ग्रह अनि उपग्रहहरुको उत्पत्ती हुन्छ । धेरै साना पिण्डहरु पुछ्रेतारा तथा छुद्रताराको रुपमा बन्दछन् । आपसी गुरुत्वबलको सन्तुलन र समन्वयबाट एक अर्कालाई परिक्रमा गरीकन एउटा तारापुन्ज र त्यस अन्तर्गतका ग्रह र उपग्रहहरु सहितका तारामण्डलहरुको समुह र खगोलीय ब्यबस्थाको निर्माण भएको हुन्छ । यही प्रकृयाले अनगिन्ती तारापुन्ज सहितको हाम्रो ढृष्य ब्रह्माण्डको निर्माण भएको हो ।

महाबिस्फोट परिकल्पना (Big-Bang Hypothesis)

यो परिकल्पनाका पक्षका बैज्ञानिकहरुका अनुसार ब्रह्माण्डको खाली भागमा ब्यापकरुपले फैलिएको ब्रह्माण्डीय धुलो सहितको निहारीका लामो समयको अन्तरालमा गुरुत्वबलको कारणले आपसमा टाँस्सिदै अनन्त: ठुलो पिण्डको रुपलिन गर्दछ । यस अनन्त: पिण्डको गुरुत्वबल पनि अत्यन्त शक्तीशाली हुन्छ र यसमा भएका सबै पदार्थहरु आपसमा खुम्चिएर एउटा सानो बिन्दु रुपी पिण्डमा परिणत हुन्छ ।

अनत: खुम्चनेक्रममा त्यस बिन्दु रुपी पिण्डमा अती धेरै चाप पैदा हुन्छ, जसको फलस्वरुप ठुलो बिस्फोट हुन जान्छ र यसरी बिस्फोट भएका पदार्थका टुक्राहरु र कणहरु आदि अन्तरिक्षमा लगातार चौंतर्फी फैलिन्छ । यो ब्रह्माण्डको उत्पत्ती हुने प्रकृयालाई महाबिस्फोट (Big Bang) भनिन्छ । महाबिस्फोटबाट उत्पन्न भएका पदार्थका टुक्राहरु वा कणहरु, जँहा साधारण आयोनाइज्ड परमाणुहरु, हाईड्रोजन, हेलियम आदि प्रारम्भिक र सरल तत्वका ग्याँस र परमाणुहरु अन्तरिक्षमा यत्र-तन्त्र र छरपष्ट फैलनेछन् ।

कालान्तरमा हाईड्रोजन, हेलियम आदिका परमाणुहरु आपसमा जोडिन वा टाँसिन पुगी लामो समय पछी बिशाल पिण्डहरुको रुप लिन पुग्दछन् । निहारीका परिकल्पनामा जस्तै हाईड्रोजन बढी भएका बिशाल पिण्डहरु ताराको रुपमा र अन्य साना पिण्डहरु ग्रह, उपग्रह, पुछ्रेतारा, छुद्रग्रह, उल्कापिण्ड आदि को रुपमा यस ब्रमण्डमा अस्तित्वमा आउछन् । यसरी महाबिस्फोटबाट उत्पत्ती भएका साना-ठुला आकाशिय पिण्डहरुबाटै फेरी फरक-फरक तारापुन्जहरुको उत्पत्ती भई यस दृश्य ब्रह्माण्डको उत्पत्तीको क्रम पूर्ण हुन्छ ।

संक्षिप्तता भन्नु पर्दा, करिब १३.७ अर्ब वर्ष पहिले हाम्रो ब्रह्माण्डको अस्तित्व थिएन, त्यो मात्र एउट बिन्दुमा अनन्त: एकलता (Infinitesimal Singularity) को अबस्थामा थियो । अचानक कुनै अज्ञात कारण त्यो बिन्दुलाई बिस्फोट गरायो र ब्रह्माण्डको अनन्त: विस्तारको यात्रा सुरु भयो र यो त्रि-आयामिक अन्तरमा फैलियो । त्यही क्षणबाटै समयको पनि जन्म वा उत्पत्ति भयो र आजको दिनको ४-आयमीक बस्तबिक ब्रह्माण्ड अस्तित्वमा आयो । ब्रह्माण्डको उत्पत्तीको सुरुयाती अबस्थामा अन्तरिक्षमा प्रकाश नभएको कारणले पुरै अन्धकारमय थियो र अत्यन्तै चिसो पनि थियो ।

कुनै पनि बस्तु, पदार्थ वा पिण्डको उत्पत्तीको समय र हाल सम्मको त्यसो आयु कार्बन डेटिंग मापनबाट दुरुस्तै पत्ता लगाउन सकिन्छ । यही कार्बन डेटिंग पद्दतीबाट पृथ्वी लगायत प्राप्त पदार्थहरुको अध्यायनबाट प्रमाणित भए अनुसार हाम्रो ब्रमाण्डको उत्पत्ती आजभन्दा झण्डै १३.७ अर्ब बर्ष पहिले भएको अनुमान छ । निहारीका वा महाबिस्फोट परिकल्पनाहरु मध्ये कुनै एक प्रकारले दृश्य ब्रमाण्डको उत्पत्ती भए पनि यसको आयु १३.७ अर्ब बर्ष मान्न सकीन्छ । हाम्रो दृश्य ब्रमाण्डको उत्पत्तीका ती दुई परिकल्पना वा शिद्दान्तहरु मध्ये बैज्ञानिकहरु महाबिस्फोटको परिकल्पनालाई बढी बिश्वासनीय मान्दछन् ।

दृश्य ब्रमाण्ड :

आज भन्दा १३.७ अर्ब बर्ष अघी महाबिस्फोटबाट उत्पत्ती भएको बिश्वास गरिएको ब्रह्माण्ड आफ्मो उत्पत्ती देखी नै समय लगायत अस्तित्वमा भएक सबैकुराहरु अती सानो कण देखि  अत्यन्त  ठूलो तारापुन्जहरु सम्मलाई समेटी रहेको छ । उत्पत्ती देखीनै ब्रह्माण्डको लगातार  विस्तार भइरहेको छ र यसको दायरामा असीमित हुन सक्छ । हामीलाई ज्ञान भएको, हामीले देख्न सक्ने ब्रह्माण्डको जुन अंश छ, त्यसलाई दृश्य ब्रह्माण्ड भनिन्छ ।  ब्रह्माण्डको यो क्षेत्रबाट हाम्रो पृथ्वीसम्म प्रकाश जुनसुकै अबस्थामा पनि आई पुग्दछ । दृश्य ब्रह्माण्डलाई अवलोकन योग्य ब्रह्माण्ड पनि भनिन्छ ।

दृश्य ब्रह्माण्ड अन्तरिक्षको को गोलाकार क्षेत्र हो जुन पृथ्वी वा यसको अन्तरिक्ष-आधारित टेलिस्कोपहरू र अन्वेषण अनुसन्धानबाट अहिलेको अवलोकन गर्न सकिएको छ र यसमा सबै आकशिय पिण्डहरु लगायत अन्य पदार्थहरू पनि समावीष्ट भएका छन् । दृश्य ब्रह्माण्ड अन्तिम किनारामा भएका सबै बस्तुहरुबाट विद्युतीय चुम्बकीय विकिरणहरु आफ्नो पुरा समय पार गरी हामी सम्म आइसकेको छन् ।

दृश्य ब्रह्माण्डमा कम्तिमा २० खर्ब (Two Trillions) तारापुन्जहरु छन् । हाम्रो ब्रह्माण्डमा अनन्त: भएको मानिन्छ । दृश्य ब्रह्माण्डको आधार माने हो भने यो समस्थानिक छ अर्थात दृश्य ब्रह्माण्डको किनारको दूरी प्रत्येक दिशामा लगभग समान छ । दृश्य ब्रह्माण्डमा एउटा गोलाकार क्षेत्र (बल जस्तै) छ, जुन पर्यवेक्षकमा केन्द्रित हुन्छ । ब्रह्माण्डमा प्रत्येक स्थानको आफ्नै दृश्य ब्रह्माण्ड हुन्छ, जुन पृथ्वीमा केन्द्रित दृश्य ब्रह्माण्डको साथ अधिब्यापन (ओभरल्याप) हुन सक्छ वा नहुन पनि सक्छ ।

दृश्य ब्रह्माण्ड भनेको ब्रह्माण्डको त्यो अंश हो कुनै खास बिन्दुबाट देख्न वा अवलोकन गर्न सकिन्छ । दृश्य ब्रह्माण्ड हाम्रो सम्पूर्ण ब्रह्माण्डको सबसेट (Sub-Set) जस्तै हो र वास्तबिक ब्रह्माण्डको फैलावट अनुमान भन्दा बहिर बिषय हो । दृश्य ब्रह्माण्डको ब्यास (Diameter) ९३ अर्ब प्रकाश-बर्ष वा ८.८×१०२६ मीटर वा २.८९×१०२७ फीट, आयतन Volume) ४×१०८० घन मीटर र पदार्थको पिण्ड (Mass) १.५×१०५३ किलोग्राम (कालो-पदार्थ: Dark Matters बाहेक) भएको अनुमान गरिएको छ ।

ब्रमाण्डका महासंरचनाहरु :

सौंर्य मण्डलको सबैभन्दा ठुलोग्रह बृहस्पति हो, जुन पृथ्वी भन्दा १३२१ गुणा ठुलो छ, त्यस्तै सुर्य आफैमा पृथ्वी भन्दा १३00000 गुणा र बृहस्पति भन्दा १000 गुणा ठुलो छ । तर हाम्रो ब्रह्माण्डका अन्य ठुला संरचनाहरुको तुलनामा पृथी धुलोको कण, बृहस्पति तीलको दाना र सुर्य मटरको दाना भन्दा पनि सानो हुन सक्दछन् । धुलो र स-साना कणहरु मिलेर बनेको यस ब्रह्माण्डमा भएका ती अद्भूत बिशाल संरचना मान्छेहरुको कल्पना भन्दा धेरै नै ठुला छन्, तिनीहरु मध्ये केहीको तल उल्लेख गरिएको छ ।

हर्कुलस_कोरोना_बोरीलिस बिशाल पर्खाल वा बिशाल जीआरबी पर्खाल – यो ब्रह्माण्डमा अहिले सम्म पत्ता लगेको सबै भन्दा ठुलो संरचना हो । सन् २0१३ नोभेम्बरमा खोज गरिएको यो पर्खाल (महासंरचना) अन्तरिक्षमा १0 अर्ब प्रकाश-बर्ष मा फैलिएको छ ।

केलम सुपरक्लस्टर – केलम सुपरक्लस्टर (Caelum Supercluster) ५५00000 भन्दा बढी तारापुन्जहरुको संग्रह हो। संभवत: यो ब्रह्माण्डमा सबै तारापुन्ज सुपरक्लस्टर मध्ये सब भन्दा ठूलो हो ।

आईसी ११0१ – आईसी ११0१ (IC 1101) एक सुपर जाइन्ट इलिप्टिकल तारापुन्ज हो, जून एबेल २0२९ ग्यालेक्सी क्लस्टरको केन्द्रमा पर्दछ र यो हाल सम्म थाहा मध्ये सबैभन्दा ठुलो तारापुन्ज हो । यसको फैलावट केन्द्रबाट करिब २ लाख प्रकाशवर्ष छ र यसमा करिब १00 खर्ब ताराहरू छन् । यो तारापुन्ज पृथ्वीबाट १.0४ अर्ब प्रकाश-वर्षको दुरीमा अवस्थित छ ।

युवाइ स्कुटी (UY Skuti) – युवाइ स्कुटी ब्रह्माण्डमा अहिले सम्म पत्ता लागेको मध्ये सबैभन्दा ठूलो तारा हो, यस्तो तारालाई हाइपर-जाइन्ट तारा भनिन्छ, जसको अर्धब्यास हाम्रो सुर्य भन्दा १७00 ठुलो छ ।

एचडी १00५४६बिएन (HD 100546bn) – एचडी १००५४६बिएन लाई सबैभन्दा ठूलो आकारको ग्रह भनेर बिश्वास गरिन्छ, जसको व्यास बृहस्पतिको व्यासको ७ गुणा बढी छ, तर यस बारे धेरै अनिश्चितता बिध्यमान छ ।

अन्तरिक्ष महासागर (Space-Ocean) – खगोलविद्हरूले ब्रह्माण्डमा अहिलेसम्म पत्ता लागेको पानीको सबैभन्दा टाढाको र सबैभन्दा ठूलो जलाशय पत्ता लगाएका छन् । पृथ्वी भन्दा १२ अर्ब प्रकाश-वर्ष टाढा रहेको उक्त विशाल पानीको भण्डारमा विश्वको महासागरमा भएको भन्दा १४00 खर्ब गुणा बराबर पानीको भएको अनुमान छ ।

ब्रह्माण्डमा यस्ता धेरै संरचनाहरु छन्, जसले ब्रह्माण्डलाई झनै रहस्यमय र रोमन्चित पनि बनाएका छन् । निर्माण र बिनाश दुबै ब्रह्माण्डका नियमित घटानाहरु हुन् । हाल सम्म मान्छेले ब्रह्माण्ड संबन्धी अतिकम जानकरी प्राप्त गरेको बिश्वास छ, तर खोज र अनुसन्धान जारी रहेकोले भबिष्यमा अरु नयाँ जानकारी प्राप्त हुदै जालान् ।

बहु-ब्रह्माण्डीय (Multiverse) अबधारणा :

बैज्ञानिकहरुले हाम्रो आफ्नो ब्रह्माण्डको सुरु र अन्त्यको टुंगो अझै लगाउन सकिरहेका छैनन्, जती खोज र अनुसन्धानहरु भएका छन् ती मात्र दृश्य ब्रह्माण्ड भित्र सिमित छन् । तर प्राप्त उपलब्धीहरु प्रशंसा योग्य छन् । यसै बीच केही बैज्ञानिकहरु यो अन्तिरिक्षमा हाम्रो मात्र ब्रह्माण्ड अस्तित्वमा छैन, बरु अरु धेरै ब्रह्माण्डहरु अस्तित्वमा रहेका हुन सक्दछन् भन्ने तर्कहरु अघी सरेका छन्, जसलाई बहु-ब्रह्माण्डीय (Multiverse) अबधारणा भनिन्छ । बहु-ब्रह्माण्डीय संबन्धीका पाँच सिद्धान्तहरू तल ब्याख्या गरिएको छ ।

असीम ब्रह्माण्डहरू (Infinite Universes) – बैज्ञानिकहरु यकिनका साथ अन्तरिक्ष-समय (Space-Time) को आकार यस्तै छ भन्न सकिरहेका छैनन्, तर एउटा प्रमुख सिद्धान्त अनुसार यो चौँडा छ र निरन्तर अगाडी तिर फैलिरहेको छ । यो अबधारणाका अनुसार जब कणहरु लगातार गतिमान अबस्थामा हुनछन्, त्यस बाट बन्ने संरचनाहरु दोहोरिन सक्दछन् । बैज्ञानिकहरु यस्तो स्थितीमा त्यहाँ धेरै (अनगिन्ती) ब्रह्माण्डहरू अस्तित्वमा हुन सक्ने संभावनाको तर्कहरु प्रस्तुत गर्दछन् ।

थोपा ब्रह्माण्डहरू (Bubble Universes) – ब्रह्माण्डविज्ञ अलेक्जेन्डर भिलेन्किनले हावा भरिएको बेलुनको अनन्त: फुलन (Eternal Inflation) संग तुलना गर्दै थोपा ब्रह्माण्डहरु उत्पत्ती र अस्तित्वको सिद्धान्त प्रस्ताबित गरेका छन् । जस अनुसार जब बेलुनमा हावा भरिदै जाँदा फुल्दछ र त्यसमा भएका थोपा (वा आकृतीहरु) एक-आपस बाट टाँढीदै जानछन्, त्यसरी नै महाबिष्फोट पछी सबै थोपारुपी ब्रह्माण्डहरु अलग-अलग अनगिन्ती थोपा ब्रह्माण्डहरुको रुपमा अस्तित्वमा आउन सक्दछन् ।

छोरी ब्रह्माण्डहरू (Daughter Universes) – यो अबधारणा क्वान्टम मेकानिकास (Quantum Mechanics) शिद्दान्तमा आधारीत छ । जसरी तत्वहरु उत्पत्ती हुनेबेला उप-परमाणिक (Sub-Atomic) कणहरु गतिबिधीहरु देखाउदछन्, त्यसरी नै संभाब्यताको नियम जस्तै, कुनै एउटा बस्तुको निर्माण वा अस्तितित्वको संभाबना अन्यहरुको पनि उत्तिकै संभाबना हुन्छ । वा कुनै एउटा कुरा घटना एक ठाँउमा घटीत हुन्छ भने त्यस्तै अबस्थाहरु शृजना भएमा त्यो कुरा वा घटना अर्को ठाँउमा पनि घटीत हुने उत्तिकै संभाबना रहन्छ । यसरी छोरी ब्रह्माण्डहरूको शिद्दान्त जन्म भएको हो ।

समानान्तर ब्रह्माण्डहरू (Parallel Universes) – यस अबधारणाले अन्तरिक्ष-समय (Space-Time) चौँडा यानी चेप्टो छ भन्ने कुरामा बिश्वास राख्दछ । जसको अनुसार अन्तरिक्षमा सम्भावित कणको भिन्न रुपले सु-संगठनको सम्भावनाहरूको संख्या १०^१०^१२२ वा {१०१०}१२२ हुन्छ, र यस प्रकृयाबाट नै बहु ब्रह्माण्डहरू उत्पत्ती संभव भएको हो । यसरी असंख्य ब्रह्माण्डीय धब्बाहरु (Patches) को अबिछिन्न सु-संगठन प्रकृया बाट लामो समयाबधी पछी समरुपी समानान्तर ब्रह्माण्डहरुको निर्माण भएको मान्यता छ ।

ब्रह्माण्डको अन्त्य :

भगवानको अस्तित्वको बारेमा त यकीन गरी भन्न सक्ने आधार र सिद्धान्त अझै उपलध भएको छैन, यो अझै पनि निरन्तर खोजको बिषय हो । जो जन्मछ, यो एक दिन अवश्य मर्दछ । अत: पृथ्वीमा भएका संपूर्ण सजीव, निर्जीव वस्तुहरु र स्वंयम पृथ्वी, अन्य ग्रहहरु, उपग्रहहरु, तारा तथा तारापुन्जहरु एवं सम्पूर्ण खगोलिय पिण्ड, उर्जाहरु, अनन्त: ब्रह्माण्ड र समय आदिको जो बिषेश परिस्थितीमा उत्पत्ती वा जन्म भएकोले सीमित समयाबधी (आयु) पछी अन्त्य (मृत्यु) निश्चित छ ।

यसो त ब्रह्माण्डको मृत्यु वा अन्त्य हुन सक्दैन, यो निर्जिव बस्तु हो भन्ने मत राख्नेहरु को पनि प्रशस्तै छन् । ब्रह्माण्डको आयु र अन्त्य यसको घनत्व द्वारा निर्धारण भएको हुन्छ । ब्रह्माण्डको विस्तारको मात्रा, गती र पदार्थको घनत्व आदि नै त्यसको जीवन अबधी वा आयुको मापनको आधारहरु हुन् । बैज्ञानिकहरुले ब्रह्माण्डको अन्त्य संबन्धी केही अलग शिद्दान्तहरु अगाडी सारिएका छन् ।

महा-फ्रीज वा तापमान अन्त्य (Big-Freeze or Heat Death) – ब्रह्माण्डको अन्त्य वा मृत्यु संबन्धी अबधारणाहरु मध्ये यो अबधारणालाई बढी बिश्वासनीय मानिन्छ । ब्रह्माण्ड अती तिब्र रफ्तारले फैलिरहेको मानिन्छ र यसरी फैलनेक्रममा यसले आफु संग भएको ताप-शक्ती गुमाउदै जान्छ । लामो समयाबधी पछी ब्रह्माण्डको संपुर्ण ताप-शक्ती अन्तरिक्षमा नष्ट (बिलीन) भई, अती चिसो हुन जान्छ । यस्तो अबस्थामा ब्रह्माण्डका सबै पिण्डहरुमा गतिबिधी सुन्यको अबस्था हुन्छ । ती चिसा पिण्डहरु आपसमा मिल्न गई ठुलो कालो प्वाल (Black-Hole) मा परिणत भएर ब्रह्माण्डको अन्त्य (मृत्यु) हुन्छ ।

महा-क्षतबिक्षत (Big-Rip) – यस अबधरणाका अनुसार ब्रह्माण्ड आफै र अन्तरिक्षमा भएका सबै पदार्थहरु साना कण देखी लिएर तारापुन्जहरु सम्म तिब्र गतीमा चौंतर्फी दिशामा फैलिरहेका छन् तर ग्रुरुत्वबलले आपसमा बाँधी पनि रहन्छन् । यही अनन्त: फैलावटले गर्दा सबै पदार्थहरु तारापुन्जहरु देखी लिएर अति स-साना कणहरु समेत अन्तरिक्षमा क्षत-बिक्षत हुन्छन् र यसरी हालको ब्रह्माण्डको अन्त्य हुन्छ ।

महा-संकुचन (Big-Crunch) – यो महा-बिष्फोटको उल्टो प्रकृया हो । जुन अबधारणा अनुसार जब ब्रह्माण्डको फैलवाट रोकिनछ, तब फेरी अन्तरिक्षका संपुर्ण पदार्थ र पिण्डहरु त्यही रफ्तारमा अनन्त: रुपले खुंचन्छन् वा संकुचीत हुन्छन् । र अन्त्यमा पुरै ब्रह्माण्ड महा-बिष्फोट अगीको जस्तो आयामहीन एकलता (Dimensionless Singularity) को अबस्थामा पुगी ब्रह्माण्डको अन्त्य वा मृत्यु हुन्छ ।

महा-प्रतिउफ्राई (Big-Bounce) – यो अबधारणाले दुइ ब्रह्माण्डीय घटनाहरुको समिश्रण गर्दछ । अन्तरिक्ष बहु-ब्रह्माण्डीय छ, र यहाँ महा-बिस्फोटका घतनाहरु बारंबार दोहोरी रहन्छन् । यस प्रकृयामा एउटा ब्रह्माण्ड माथी अर्को ब्रह्माण्ड को प्रतिउफ्राई वा बारबार ठोकिने क्रम भैरहन्छ र यही क्रममा ब्रह्माण्डका संपुर्ण पदार्थ र पिण्डहरुको महा-संकुचन अन्त्य वा मृत्यु हुने गर्दछ ।

महा-निलाई (Big-Slurp) – यो अबधारणा अनुसार ब्रह्माण्डमा महा-शुन्यता मौजुद छ, तर त्यो पूर्ण व्याकुम भने होइन । यो ब्रह्माण्ड हालको आंशिक शुन्यताको अबस्थामा आफ्नो गतिबिधीहरु गरी रहेको छ । ब्रह्माण्डको हालको शक्तीहरु क्षीण हुदैं जादाँ अचानक यस्तो स्थिती पैंदा हुन सक्दछ की आंशिक शुन्यता एकाएक पूर्ण शुन्यताको अबस्थामा जान्छ । अनी आंशिक शुन्यताका तत्कालिन सबै संरचना, पदार्थहरुलाई पूर्ण शुन्यताले त्यही क्षणमै बिलय गराई दिन्छ वा निली दिन्छ र ब्रह्माण्डको अन्त्य वा मृत्यु हुन्छ ।

(लेखक राम राज प्रताप भण्डारी दिगो बिकाश तथा वातवरणविद र मानवशास्त्री हुनु ।)

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: