राष्ट्रपतिको आलोचना गर्दा पाँच वर्ष जेल

काठमाडौं, १६ बैशाखः सर्वसाधारणले विरोधमा लेख्दा वा बोल्दा पाँच वर्ष जेल सजाय सुनाउन हतार गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको छ ।

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटा, मेडिकल सामग्री खरिदमा अनियमितता गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अपहरणकारीको आरोप लागेका सांसदद्वय महेश बस्ने, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालको सरकारले पूर्ण बचाउँ गर्दै आएको छ ।

यसबाहेक सरकारले आफ्नातर्फबाट भएका कयौं कमीकमजोरीको ढाकछोप गर्दै आएको छ ।

सर्वसाधारणलाई भने सरकारले सामान्य गल्तीमा पनि पक्राउ गर्दै आएको छ । पूर्वसचिव भीम उपाध्याय ६ दिन प्रहरी हिरासतमा बसेर सोमबार रिहा भएका छन्। त्यस्तै, राहत वितरण र सरकारको आलोचना गरेको भन्दै सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही ललितपुर प्रहरीको हिरासतमा छन् । उनीसँगै राहत बाँड्न हिँडेका अर्का शक्तिबहादुर शाही पनि प्रहरी हिरासतमा छन् ।

झन्डै दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीका लागि किनिएको १६ करोडको गाडीको विषयमा लेख्दा सोनमकुमार सुनारले पाँच वर्ष जेल सजाय पाए । उनी अहिले केन्द्रीय कारागार सुन्धारामा छन् ।

यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.