नेपालले जित्यो एकदिवसीय अन्तराष्ट्रिय सिरिज, युएई ६ विकेटले पराजित

काठमाडौं, २ मंसिर : घरेलु टोली नेपालले भ्रमणकारी टोली युएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २-१ ले आफ्नो बनाएको हो ।

युएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेले ।

आसिफले अविजित रहदै सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ खेले । उनले १ सय १९ बलमा १२ चौका प्रहार गरे ।

यस्तै मल्लले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनको योगदान दिए ।

कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरी सुन्य रनमा रन आउट भए ।

May be an image of 7 people, people standing, people playing sports and outdoors

युएईका हजरत बिलाल र आयन अफजल खानले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

युएईका लागि आयन अफजल खानले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । हजरत बिलालले अविजित २० रन बनाए ।

मात्र ९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे।

यस्तै अलिशन शराफुले ३३ रन बनाए ।  रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए ।

नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २/२  विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।

नेपालले घरेलु मैदानमा पहिलो पटक द्विपक्षीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको हो । सिरिज अन्तर्गत पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।

यस्तै कप्तान रोहित पौडेलले आफ्नो कप्तानी डेब्युमै नेपाललाई एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.