मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै

हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनका लागि गएका आन्तरिक पर्यटकहरु । हिन्दु र बौद्ध धर्मावलम्वीहरुको साझा थलो मुक्तिनाथ दर्शनका लागि भारतीय र तेस्रो मुलुकमा पर्यटकहरु पनि आउँछन । तस्वीर: ध्रुबसागर शर्मा

काठमाडौं, २८ कात्तिक : कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढेको हो । पर्यटकको आगमन बढेसँगै विगत तीन वर्षदेखि सुनसान अवस्थामा रहेका यहाँका होटल भरिभराउ छन् । असोजदेखि कात्तिकसम्म मुस्ताङ घुुम्ने उपयुक्त समय भएकाले आन्तरिक र विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

जोमसोममा रहेको एमोनाइट होटलकी सञ्चालक लक्ष्मी शेरचनले यसपालि पर्यटकको आगमन ह्वात्तै बढेको बताए । “विगतका वर्ष कोरोना महामारीका कारण पर्यटक आगमन शून्य भयो । यसपालि असोज पहिलो सातादेखि नै पर्यटक आउन थालेको छन्,” उनले भने । ५० जनाको क्षमता रहेको होटलमा एक महिनादेखि भरी हुने गरेको शेरचनले जानकारी दिए ।

विशेषगरी मुक्तिनाथ मन्दिर दर्शन गर्न आन्तरिकसँगै भारतीय पर्यटकले होटल भरिने गरेको र मासिक १० देखि १५ लाख रुपियाँको कारोबार हुने गरेको उनले जानकारी दिए । उनले भने, “उपल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ, जोमसोम आसपासका क्षेत्रमा विदेशी पर्यटकको चहलपहल छ ।”

मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धाराको जल अर्चदै भक्तजन । धाराको पानी बरफ जमेका कारण चिप्लिएर लड्न थालेपछि धारा परिसरमा सफा गर्दै भक्तजन । तस्वीरः हरि बाँस्तोला, पोखरा

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.