न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनलमा

काठमाडौं, २३ कात्तिक : पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको छ ।

अब पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।

न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाएर १ सय ५३ रन बनाएर पूरा गर्यो ।

पाकिस्तानको जितमा मोहमद रिजवानले ५७ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै कप्तान बाबर आजमले ५३ रनको अर्धशतकीय इनिङ खेले ।

मोहमद हरिसले ३० रन जोड्दा शान मसुदले अविजित ३ रन बनाए ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।

That's an uncharacteristically animated Kane Williamson as the match starts to get away from New Zealand, New Zealand vs Pakistan, T20 World Cup, 1st semi-final, Sydney, November 9, 2022

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो।

न्युजिल्याण्डका लागि ड्रयाल मिचेलले अविजित रहदै सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले ।

जेम्स निशमले अविजित १६ रन बनाए ।

कप्तान केन विलियम्सनले ४६ रन बनाए ।

डेभोन कोन्वेले २१ रन बनाउँदा ग्लेन फिलिप्सले ६ र फिन एलनले ४ रन जोडे ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए । मोहमद नवाजको नाममा एक विकेट रह्यो ।

Mohammad Rizwan is congratulated upon reaching fifty by Mohammad Haris, New Zealand vs Pakistan, T20 World Cup 2022, 1st Semi-Final Sydney, November 9, 2022

पाकिस्तानले तेस्रो पटक टी-ट्वान्टी विश्वकपको फाइनलमा स्थान बनाएको हो ।

यस्तै पाकिस्तान १३ वर्षपछि फाइनलमा पुगेको हो ।

सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी-२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने पाकिस्तान भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.