काठमाडौं मुद्रण उद्योग संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं, २६ भदौ : काठमाडौं मुद्रण उद्योग संघको अध्यक्षमा घननारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

काठमाडौं मुद्रण उद्योग संघको शनिबार सम्पन्न आठौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट अध्यक्ष घननारायण श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष बिष्णु पोखरेल, सचिव कुमोद खतिवडा, सहसचिव मानव के.सी., कोषाध्यक्ष श्यामसुन्दर गैरे र सहकोषाध्यक्षमा गायत्री अधिकारी निर्वाचित भएका छन् ।

यस्तै, नर्या कार्यसमितिको सदस्यमा जनक खड्का, दामोदर प्रसाद रेग्मी, कामिल जमाली, हरेराम कुँवर, केसर ठकुरी, पुष्प प्रधानाङ्ग, उत्तम कुमार श्रेष्ठ र सरोज योञ्जन चयन भएका छन् ।

प्रमुख अतिथि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले पानसमा बत्ती बालेर अधिवेशन उद्घाटन गरेका थिए ।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधरणसभामा उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बढुले शुभकामना सन्देश लेखेर पठाउनु भएको थियो ।

प्रमुख अतिथिको आशनबाट बोल्दै युवा तथा खेलकुद मन्त्री ढकालले मुद्रण उद्योग मानव जीवन र आधुनिक सभ्यताका लागि एक अपरिहार्य क्षेत्र भएको बताउँदै यस क्षेत्रले उद्योग ब्यवसायको क्षेत्रको माध्यमबाट सरकारलाई राजस्व सहयोग र स्वरोजगार सृजना गर्नमा उल्लेख्य सहयोग गर्नका साथै शिक्षा र संचारको क्षेत्रमा समेत अत्यन्तै महत्वपूर्ण सहयोगी भूमिका खेलेको बताएका थिए ।

साथै उनले मुद्रण उद्योगको क्षेत्रमा रहेका दक्ष जनशक्तिको अभाव, समान भन्सार दर कायम नहुँदा मुद्रण उद्योगको संचालनमा सृजना भएका समस्या लगायतका बिषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै समस्या समाधानका लागि आफ्नो सकारात्मक पहल रहने प्रतिवद्धता समेत सो अवसरमा जाहेर गरेका थिए ।

कार्यक्रममा मुद्रण उद्योग महासंघका अध्यक्ष खोमकान्त रेग्मी, महासंघका निर्वतमान अध्यक्ष पुष्कल गौतम एवं महासंघका पूर्व अध्यक्ष माधव के.सी. लगायत करिव दुईसय मुद्रण व्यवसायीको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.