निर्वाचनका लागि आजदेखि दल दर्ता

काठमाडौं, २२ साउन : प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदै छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता गर्न सकिनेछ ।

दल दर्ताका लागि निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या पेस गर्नुपर्नेछ । वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि सातवटै प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.