नाडालले जिते कीर्तिमानी २२औ ग्राण्डस्लाम उपाधि

काठमाडौं, २३ जेठ : स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

पेरिसमा आइतबार भएको फाइनलमा कास्पर रुडलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।

क्ले कोर्टका राजा नाडालले आठौं वरीयताका नर्वेजियन रुडलाई ६-३,६-३ र ६-० को सेटमा पराजित गरे ।

रुड नाडालका चेला हुन् । २३ वर्षीय रुड २०१८ देखि मालोर्कामा रहेको नाडालको एकेडेमीमा ट्रेनिङ गर्दै आईरहेका छन् ।

यससँगै पाँचौ वरीयताका नाडालले कीर्तिमानी १४ औं पटक फ्रेन्च ओपन जित्न सफल भएका छन् ।

नाडाल १४ पटक फ्रेन्च ओपन जित्ने एक्लो खेलाडी हुन् ।

Image

यस्तै ३६ वर्षीय नाडालको यो कीर्तिमानी २२ औं पटक ग्रान्डस्लाम टेनिसको उपाधि हो ।

महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छिन् ।

पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई हराउँदै पोल्याण्डकी इगाले उपाधि जितेकी हुन्।

इगाले दोस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । यस अघि उनले २०२० मा उपाधि जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.