वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै

काठमाडौं, २१ जेठ : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदैछ ।

मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने चलन छ।

शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो ।

ललितपुरको थटीटोलबाट रातो मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्‍याइएको चौथो दिन आज भोटो जात्राको साइत जुरेको हो ।

पुल्चोकबाट तान्न शुरु गरिएको रातो मच्छिन्द्रनाथको रथ विभिन्न भाग परिक्रमा गरी  थटिचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याइएको थियो।

भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको छ। अपरान्ह ५ बजे राष्ट्रपति भण्डारीको उपस्थितिमा भोटो देखाउने तयारी गरिएको ललितपुरस्थित गुठी संस्थानले जनाएको छ ।

शनिबार बिहान बुंगमतीबाट मच्छिन्द्रनाथको भोटो जावलाखेल ल्याइनेछ। आज साँझ ५ बजे जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइनेछ। भोटो देखाइसकेपछि पनि पुनः बुंगमतीमै भोटो पुर्‍याइने संस्थानले जनाएको छ।

भोटो जात्राको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ।

सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मतीमा राखिने परम्परा छ भने हरेक वर्ष यहाँ रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको आयोजना गरिन्छ। यसका लागि पाटनको जावलाखेलबाट रथ तानी बुङ्मती, जावलाखेलमा ल्याइन्छ।

भोटो जात्रा सकिएपछि यो वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुनेछ ।

यसैबीच सरकारले आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ । राष्ट्रपतिको समुपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएकाले आज शनिवार देशभर सार्वजनिक बिदा रहेको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.