गहुँ निकासीमा भारतको प्रतिबन्धले नेपाली मैदा मिल बन्द हुने अवस्थामा

काठमाडौं, ७ जेठ : भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएसँगै नेपाली मैदा मिलमा समस्या देखिएको छ । मैदा मिल सञ्चालकहरूका अनुसार कच्चा पदार्थको अभावसँगै उपभोक्तालाई मूल्यवृद्धिको मार पर्ने तथा कतिपय मिल बन्द हुने जोखिम समेत उत्पन्न भएको छ ।

मुलुकमा हाल ४३ वटा फ्लोर मिल (मैदा उद्योग सञ्चालनमा रहेका छन् । नेपाली मैदा उद्योगलाई आवश्यक पर्ने गहुँ स्वदेशमै उत्पादन नहुँदा आयातमा भर पर्नु परिरहेको अवस्था छ । प्रत्येक मैदा उद्योगलाई वार्षिक २ लाख ५० हजार क्विन्टल गहुँ आवश्यक पर्छ भने साना घरेलु मिलले खपत गर्ने गहुँको परिमाणबारे यकिन तथ्याङ्क छैन ।

नेपाल फ्लोर मिल्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार अग्रवाल भारत सरकारको निर्णयले नेपाली मैदा उद्योगमाथि ‘कालो बादल मडारिएको टिप्पणी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.