शेहबाज शरिफ पाकिस्तानको नयाँ प्रधामन्त्री बने

काठमाडौं, २८ चैत : पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफ पाकिस्तानको नयाँ प्रधामन्त्री बनेका छन् ।

पाकिस्तान तेहरीक–ई–इन्साफले राष्ट्रिय सभा बहिष्कार गरेपछि शेहबाज निर्विरोध प्रधानमन्त्री बनेका हुन् ।

शेहबाजको पक्षमा १७४ सांसदले मतदान गरे ।

निवर्तमान प्रधानमन्त्री इमरान खान अविश्वासको मतबाट पदच्युत भएपछि शेहबाज पाकिस्तानको ३१औँ प्रधानमन्त्री बनेका छन् ।

पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गरेका छैनन् ।

सत्तरी वर्षीय शेहबाज तीनपटक पाकिस्तानका प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् । उनी पाकिस्तान पञ्जाबका तीन पटक मुख्यमन्त्री भइसकेका छन् । सन् १९९७, २००८ र २०१३ मा गरी शेहबाज पञ्जाबमा सबैभन्दा लामो समय मुख्यमन्त्री बनेका थिए ।

सम्पन्न शरिफ कुलका शेहबाज उनको ‘क्यान–डु’ प्रशासनिक शैलीबाट चिरपरिचित छन् ।

को हुन् शहबाज ?

पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ ७० वर्षीय मियाँ मुहम्मद शहबाज शरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री चुनिएका छन् ।

शहबाज शरिफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ हुन्। उनले त्यहाँको सर्वाधिक जनसङ्ख्या भएको प्रान्त पञ्जाबको मुख्यमन्त्री पद सम्हालिसकेका छन् ।

पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएलएन) को नेतृत्वमा रहेका उन‍को छवि प्रभावकारी र मेहनती व्यक्तिको छ ।

शहबाज सधैँ ३ पटक पाकिस्तानको प्रधानमन्त्री भएका आफ्ना दाजु नवाजको छायामा रहे।​ शहबाज संस्थापन अर्थात सेनासँग मेलमिलापको पक्षपाति मानिन्छन् ।

शहबाजमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो । उनले इमरान सरकारको पालामा केही समय जेलमा समेत बस्नु परेको थियो। तर उनीविरुद्धको भ्रष्टाचार आरोप प्रमाणित भएको छैन । उनले यसलाई राजनीति प्रेरित भएको बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.