विश्वमा कोरोना संक्रमितको संख्या २८ करोड, ५४ लाख संक्रमितको मृत्यु

काठमाडौं, १२ पुस : विश्वभर कोरोना संक्रमितको संख्या २८ करोड नाघेको छ । पछिल्ले २४ घण्टामा झण्डै ४ लाख नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २८ करोड ३ लाख पुगेको हो ।

पछिल्लोपटक सबैभन्दा धेरै अमेरिकामा ९५ हजार जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, फ्रान्समा २७ हजार ६००, इटलीमा २४ हजार ८००, रसियामा २३ हजार ७००, टर्कीमा २० हजार र भियतनाममा १५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, उक्त अवधिमा कोरोना संक्रमणबाट विश्वभर झण्डै ३ हजार जनाको मृत्यु भएको छ । जसमध्ये रसियामा ९६८, भियतनाममा २०७, टर्कीमा १७३ र युक्रेनमा १३८ जना छन् । हालसम्म विश्वभर ५४ लाख १६ हजार जना कोरोना संक्रमितको मृत्यु भइसेको छ। अहिले विश्वमा २ करोड ४५ लाख सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.