सूर्याेदय सहकारीकाे २० ओै साधारणसभा सम्पन्न

मीरा मल्ल । स्याङजा, ४ पुस : सूर्याेदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे २० ओै साधारणसभा संस्थाकाे बिरुवा सेवाकेन्द्रमा सम्पन्न गरियाे ।

वि. स. २०५५ सालमा ३ जनाकाे अनन्तकुमार श्रेष्ठ, रविन्द्र प्रसाद श्रेष्ठ र विद्या श्रेष्ठ रू २०/२० गरि जम्मा रू ६० जम्मा गरि सूर्याेदय बचत समुह रूपमा शुरू गरिएकाे यश संस्थाकाे हाल ५ वटा सेवा केन्द्रबाट सेवा दिईरहेकाे छ । संस्थाको केन्द्रीय कार्यालय स्याङ्जा पुतलीबजार ३ बाडखोलामा बाडखाेला र स्याङ्जा सेवा केन्द्र र जुग्ले सेवा केन्द्रकाे आधिखाेला गाउपालिका जुग्लेमा र बिरुवा सेवा केन्द्रकाे बिरुवा गाउपालिका विरूवामा समेत साधारण सभा तथा अधिवेशन एकैसाथ सम्पन्न भएको कार्यालयले जनाएको छ । बाडखोलाको शिशु निकेतन विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्थापक विद्याकुमारी श्रेष्ठले सूर्योदय सहकारी छिटै प्रगतिपथमा अगाडि बढेको देख्दा आफू निकै खुसी भएको बताउनु भयो । संस्थाका प्रमुख संरक्षक अनन्तकुमार श्रेष्ठले सहकारीकाे मूल्य मान्यता अनुसार सदस्यहरूकाे समृद्धिमा केन्द्रित हुनु पर्ने र सबै शेयरधनिहरूले नियमित संस्थाकाे कार्यक्रममा सहभागी हुनुपर्ने बताउनु भयाे । संस्थाका अध्यक्ष हुमबहादुर कुमालले सूर्योदय सहकारीले आगामी दिनमा उत्पादमूलक क्षेत्रमा लगानी बढाउँदै सामाजिक उत्तरदायित्वका सेवा क्षेत्रहरुको विस्तार गरिने बताउनभुयो । कार्यक्रममा पुरुषोतम शर्मा, भरतबहादुर मल्ल, गोविन्दप्रसाद शर्मा, रविन्द्रप्रसाद श्रेष्ठ, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा एसईई, प्रविणता प्रमाणपत्र तह, स्नातक, स्नातकोत्तर गर्ने सेयर सदस्यका सन्ततिहरुलाई सम्मान गरिएको थियो । त्यस्तै सबैभन्दा धेरै बचत गर्ने सेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो भने कार्यक्रममा उत्कृष्ट कर्मचारीतर्फ जुग्ले शाखाकी कनिष्ठ सहायक सङ्गीता लामिछानेलाई र उत्कृष्ट सेवा केन्द्रतर्फ जुग्ले शाखालाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट जिम्मेवारी वहन गरेवापत संस्थाका उपाध्यक्ष बलराम दोरङ्गा र सचिव नारायण रेग्मीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन, लेखाको प्रतिवेदन लगायत विभिन्न समितिका प्रतिवेदनहरु प्रस्तुत गरिएका थिए । सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हुमबहादुर कुमालले गर्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव नारायण रेग्मीले गर्नुभएको थियो ।

बिरुवा गाउपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले कार्यक्रमकाे उद्घाटन गर्दै सूर्याेदय सहकारीले समाजकाे तल्लो तहमा कार्य गरिरहेकाे छ । समृद्ध समाज बनाउन सहकारीकाे भूमिका प्रशंसनीय रहेकाे बताउनु भयाे ।

कार्यक्रममा युवराज केसि,जगत खत्रि,प्रेमबहादुर रेग्मी,जीवन अधिकारी ले मन्तब्य राख्नु भएको थियो,अध्यक्ष गुप्तबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नन्दकुमारि खड्कमले स्वागत,र तारेन्द्र बहादुर केसिले सञ्चालन गर्नु भएको थियो।

कार्यक्रममा उत्कृष्ट बचत कर्ता, सेवाग्राही, बाल बचत, जेष्ठ नागरिक सम्मान लगायत उत्कृष्ट नतिजा ल्याउन सफल सेयर।सदस्यका बाबुनानीलाई सम्मान गरिएकाे थियो ।

सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिकाे जुग्ले सेवाकेन्द्रको २० ओै वार्षिक साधारणसभा आँधीखाेला गाउपालिका अध्यक्ष सुधीरकुमार पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ,उहाले साकोसले प्रबिधिमा सबै सदस्यहरुलाई जोड्ने गरि थप योजनाहरु अगाडि सारेकोले साकोसलाई सबैले सहयोग पुर्याउनु पर्नेमा जोड दिनु भयो ।कार्यक्रममा केन्द्रीय सदस्य राजेन्द्रप्रसाद शर्मा, लिला लामिछाने ,पुण्यप्रसाद उपाध्यक्ष ,भिम बहादुर बिक, लगायतले बोल्नु भएको थियो,।उपाध्यक्ष श्यामादेबि लामिछानेको स्वागतमा सचिब जीवन लामिछानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे भने साकोसका सयोजक ओमप्रकाश सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.