मनास्लु हिमाल चढ्न १६० आरोहीलाई अनुमति

काठमाडौं, २२ भदौ : शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मी.) आरोहणका लागि आकर्षण देखिएको छ ।  पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ ।  सोमबारसम्म कञ्चनजङ्घा हिमाल(८,५८६ मी)  आरोहण गर्न एक  समूहले  अनुमति लिएको विभागले जनाएको छ । दुबै हिमालबाट हालसम्म रु ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन भएको छ ।

शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ । यो याममा उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन् । कोभिड–१९ महामारीको जोखिमकाबीच पनि यो याममा स्वदेशी तथा विदेशी आरोहीले आरोहणका लागि अनुमति लिएका छन् ।

अघिल्लो वर्षको सो याममा महामारीका बीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य सङ्ख्यामा आरोहण भएको विभागले जनाएको छ । अघिल्लो वर्षको यही याममा पनि मनास्लु र अमादब्लम हिमाल आरोहणका लागि धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.