सिन्धुपाल्चोकका बासिन्दालाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं, भदौ  : यस वर्षको मनसुन शुरुआतसँगै आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका विभिन्न पालिकाका बासिन्दालाई औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । सात शिखर आरोही महिलाको संस्था ग्लोबल इन्क्लुशिभ एडभेन्चर अर्गनाइजेसनको समन्वयमा ‘एक एक पाइला’ नामक संस्थाले जिल्लाका तीन पालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

सिन्धुपाल्चोक उद्धार कार्यक्रमअन्तर्गत मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी गाउँपालिकाका ५०० घरपरिवारलाई लक्षित गरी स्वास्थ्य सामग्री र औषधि वितरण गरिएको हो । फाउण्डशेनका अध्यक्ष डा.सुमनशम्शेर थापाले ती सामग्री हस्तान्तरण गर्दै बाढी र पहिरोबाट प्रभावित जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य सामग्री तथा औषधि वितरण गरिएको बताए ।

उनले राजधानीमा बसोबास गर्ने शहरी गरिबलाई लक्षित गरी थापाथलीमा सामुदायिक अस्पताल सञ्चालन गरिएको र निकट भविष्यमा जाजरकोटमा पनि अस्पताल स्थापना गर्न लागिएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.