पवनदीपले जिते ‘इन्डियन आइडल’

काठमाडौं, ३२, साउन : पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन् । आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन् ।

उनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड उचालेका हुन् ।

२४ वर्षे पवनदीप राजनको जन्म भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको थियो ।

यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् ।

गायनमा मात्र नभएर उनी वाद्यवाधन मा पनि उत्तिकै पोख्त छन्। उनी गितार, ढोलक, तबेला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.