राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड

काठमाडौं, २६ साउन : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पनि क्रेडिट कार्ड सेवा सुरु गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई क्रेडिट कार्ड हस्तान्तरण गरी सेवा मंगलबार सुरु गरेका हुन्।

उनले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने भन्दै यो सेवाले ग्राहकलाई आर्थिक कारोबार गर्न सहज हुने बैंकको विश्वास रहेको बताए।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्डको शुभारम्भपछि बैंकिङ सेवा पूर्णतया डिजिटल बनाउनेतर्फ बैंक अगाडि बढेको बताए। उनका अनुसार नेपाल, भारत र भूटानमा प्रवाह हुँदै आएको यो सेवा अब बैंकका सबै शाखा कार्यालयबाट पनि उपयोग गर्न सकिनेछ।

उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले ग्राहकको क्षमताका आधारमा बैंकले २० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिन सकिने जानकारी दिए। उनका अनुसार क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ र तोकिएको सीमाभित्र रहेर नगद झिक्न सक्नेछन्। बैंकले हाल ७७ जिल्लामा २ सय ४७ शाखा, २ सय ९ एटिएम र ९८ शाखारहीत बैंकिङ सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.