उपत्यकामा ८१९ सहित थप ३६११ जनामा कोरोना संक्रमण, १८१६ जना संक्रमणमुक्त

काठमाडौं, १५ साउन : पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा थप ८१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये काठमाडौंका ५५६, ललितपुरका १८७ र भक्तपुरका ७६ जना छन् । त्यस्तै, अहिले उपत्यकामा ८ हजार ५०१ जना सक्रिय संक्रमित छन् ।

काठमाडौंमा ५९०३, ललितपुरमा १४७८ र भक्तपुरमा ११२० जना सक्रिय संक्रमित छन् ।  हालसम्म उपत्यकाका आठ हजार ९३७ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा १८१६ जनाले कोरोना संक्रमण जितेका छन् । हालसम्म नेपालमा छ लाख ५२ हजार २६१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा चार दशमलव ४७ प्रतिशतले संक्रमण जितेका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् । जसमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८६जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा थप २७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यो संगैं नेपालमा कोरोनाबाट नौ हजार ८२४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कुल संक्रमितमध्ये एक दशमलव ४२ प्रतिशतले ज्यान गुमाएका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.