काठमाडौंमा आजदेखि ५० वर्षमाथिका लागि भेरोसेल खोप लगाइँदै

काठमाडौं, १४ साउन : काठमाडौं महानगरपालिकामा आजदेखि पुनः कोराना भाइरस (कोभडि-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ ।

यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरपालिकाका ३२ वटा वडामै आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म भेरोसेलको पहिलो मात्राको खोप लगाउने कार्यक्रम छ ।

खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै प्रमाणपत्र लिए जानुपर्ने छ । यी प्रमाणपत्रहरु पनि नभएका सम्बन्धित वडाको सिफारिश लिएर खोप केन्द्रमा जानुपर्ने महानगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.