उपत्यकामा ६९७ सहित थप २८३८ जनामा संक्रमण, १४१५ संक्रमणमुक्त

काठमाडौं, ६ साउन : पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७१५ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९१८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ९०१  गर्दा ९२० मा संक्रमण देखिएको छ ।

कुल १२ हजार ६१६ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।  परिक्षण गरिएकामध्ये २२.४९ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो समय संक्रमण बढ्दै गइरहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा थप ६९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंका ४९०, भक्तपुरका ७९  जना र ललितपुरका १२८ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १ सय ४७५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख ३६ हजार ४०२ पुगेको छ । हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.