कतार एयरलाइन्स विश्वकै सबैभन्दा उत्कृष्ट हवाई सेवा प्रदायक

काठमाडौं, ५ साउन : विश्वको उत्कृष्ट एयरलाइन्स–२०२१ सूचीको नम्बर एकमा योवर्ष कतार एयरलाइन्स परेको छ ।

कोरोनाको अवधिमा पनि सेवाग्राहीलाई राम्रो सुविधा प्रदान गरेका कारण अष्ट्रेलियन हवाई सुरक्षा तथा उत्पादन रेटिङ एजेन्सीले कतार एयरलाइन्सलाई नम्बर एकमा राखेको हो । अघिल्लो वर्ष उक्त सूचीमा न्युजल्याण्ड एयरलाइन्स परेको थियो । सन् २०२०मा कोरोनाका कारण विश्वमा हवाई उडान धेरै हुन नसकेपनि भएका उडानको विष्लेषण गरी सूची तयार पारिएको हो ।

अस्ट्रेलियन हवाई सुरक्षा तथा उत्पादन रेटिङ एजेन्सीले ‘विश्वको उत्कृष्ट एयरलाइन्स-२०२१’ सूची ‘एयरलाईन्सरेटिङ्सडटकम’मार्फत सार्वजनिक गरेको छ । उक्त सूचीमा उत्कृष्टदेखि २० सम्म क्रमशः कतार एयरलाइन्स, एयर न्यूजल्याण्ड, सिंगापुर एयरलाइन्स, क्वानतास, इमिरेट्स, क्याथे पेसिफिक, भर्जिन एट्लान्टीक, युनाइटेड एयरलाइन्स, इभ एयर, ब्रिटिस एयरलाइन्स, लुफ्थान्सा, एएनए, फिनएयर, जापान एयरलाइन्स, केएलएम, हवाई एयरलाइन्स, अलस्का एयरलाइन्स, भर्जिन अस्ट्रेलिया, डेल्टा एयरलाइन्स र इत्तेहाद एयरवेज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.