कक्षा १२ काे परीक्षा साउन ३१ गतेबाट सुरु हुने

काठमाडौं, ५ साउन : कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।

कोरोनाका कारणले रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बोर्डका उपनियन्त्रक सुवास पन्तले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । बोर्डले परीक्षा भौतिक उपस्थितिमै गराउन तयारी सुरु गरेको छ ।

भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने छन् ।

कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन अनुमति दिएपछि भौतिक उपस्थितिमै परीक्षा गर्न लागिएको हो ।

अब मन्त्रिपरिषदले निर्णय गरेपछि परीक्षा भौतिक उपस्थितिमै सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले परीक्षा सञ्चालन गर्न सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गरिरहेको छ । संक्रमणको दर कम भएसँगै भौतिक रुपमै परीक्षा सञ्चालन गर्न लागिएको हो ।

परीक्षा बोर्डका अनुसार ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा हुनेछ । देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.