उपत्यकामा ७१९ सहित थप ३१०८ जनामा कोरोना संक्रमण, १५९५ संक्रमणमुक्त

काठमाडौं, ५ साउन : पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १३ हजार १३५ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । परिक्षण गरिएकामध्ये २३.६६ प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ ।

काठमाडौं उपत्यकामा थप ७१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७१९ जनामा संक्रमण भएको हो ।

जसमध्ये काठमाडौंका ५३१, भक्तपुरका ४१ जना र ललितपुरका १४७ जना छन् ।

योसँगै मंगलबारसम्म काठमाडौं उपत्यकामा ७ हजार २४१ सक्रिय कोरोना संक्रमित छन् । काठमाडौंमा मात्रै ५५३७, भक्तपुरमा ८२९ जना र ललितपुरमा ८७५ जना सक्रिय संक्रमित छन् । योसँगै जिल्लाभर संक्रमितको संख्या २ लाख ११ हजार १२६ पुगेको छ । यीमध्ये २ लाख ३ हजार ६५२ जना निको भइसकेका छन भने १ हजार ९३७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५९५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ । हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ जना रहेका छन् । जसमध्ये २३ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५९२ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.