उपत्यकामा ३३४ सहित थप १८०१ जनामा कोरोना संक्रमण, १६६७ संक्रमणमुक्त

काठमाडौं, ३ साउन : पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६२८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १ हजार ८०१ जनामा कोरोना संक्रमण देखिएको हो । परिक्षण गरिएकामध्ये १८.७० प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा २३४, भक्तपुरमा ३६ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन् । हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या सात हजार १० रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । तीमध्ये ९ हजार ५५० जनाको मृत्यु भएको छ भने ६ लाख ३२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् । निको हुनेको संख्या ९४.७ प्रतिशत रहेको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २२ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ५६१ जनाको आईसीयू र १६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.