माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, २ साउन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शनिबार दिउँसो ‘प्रचण्ड’ कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए । दुई नेताबीच केही बेर छलफल भएको ती नेताहरुको सचिवालय निकट स्रोतले जनाएको छ ।

दुई नेताबिच पाँच दलीय गठबन्धनलाई अघि बढाउने तथा पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा छलफल भएको बताइएको छ । बिहीबारको गठबन्धनको बैठकमा नेता नेपाल उपस्थित भएका थिएनन् ।

सर्वोच्च अदालतको आदेशमा संसद पुनर्स्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विगतमा सँगै रहेको कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्ष कसरी अघि बढ्ने भन्ने विषयमा अन्योलमा नै छन् । तर यो गठबन्धनका नेताहरुबीच द्विपक्षीय, बहुपक्षीय छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.