अजोड इन्स्योरेन्सको आरटिएस सेवा सिभिल क्यापिटललाई

काठमाडौँ, ३१ असार : अजोड इन्स्योरेन्स लिमिटेडको शेयर सम्बन्धी सम्पूर्ण सेवाको कार्य (आरटिएस)  गर्न सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिएको छ ।

सुन्धारा स्थित सिटिसी मलमा केन्द्रीय कार्यालय रहेको अजोड इन्स्योरेन्सको यहि असार ३० गते बसेको सञ्चालक समितिको ९२ औँ बैठकले सो निर्णय गरेको कम्पनीका सचिव तथा मुख्य प्रवन्धक बैद्यनाथ प्रसाद उपाध्यायले जानकारी दिनुभएको छ ।

सिभिल क्यापिटलले यहि साउन ४ गतेबाट लागुहुने गरि आफ्नो जिम्मेवारी पुरा गर्ने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.