राखेपद्वारा खेलाडीको उपचारका लागि ट्रमा सेन्टरसँग सम्झौता

काठमाडौं, २६ असार : राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीको स्वास्थ्य उपचारका लागी राष्ट्रिय ट्रमा सेन्टरसँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार सेन्टरले खेलाडीका लागि २४सै घण्टा इमर्जेन्सी, रक्तसञ्चार, फार्मेसी, रेडियोलोजी/इमेजिङ, प्याथोलोजी ल्याब सेवा, शल्यक्रिया,अर्थोपेडिक तथा ट्रमा सर्जरी,वर्न प्लाष्टिकलगायत ट्रमा सेन्टरबाट उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य सेवा सामाजिक सेवा एकाईमार्फत औचित्य हेरी सहुलियतपूर्ण तवरले उपचार गर्नेछ । सेन्टरले सरकारको निर्देशन बमोजिम गरीब तथा विपन्नको जटील उपचारसमेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.