ओली-नेपालबीच मेरियट भेटवार्ता सकारात्मक

काठमाडौं, २४ असार : नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीचको भेटवार्ता सकिएको छ । हिजो साँझ अबेर काठमाडाैंको होटल मेरियटमा यी भेटवार्ता भएको थियो ।

भेटवार्तापछि बैठकमा सहभागी एमाले माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक ढंगले भएको भोलि फेरि कार्यदलको बैठक बस्ने बताए ।

पत्रकारले सोधेको प्रश्नमा माधव नेपाल पक्षका नेता भीम रावलले भने, ‘दुई शीर्ष नेताबीच(ओली-नेपाल) पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भयो, यसलाई सकारात्मक तरिकाले कसरी लैजाने भन्ने छलफल भयो, यस सम्बन्धमा फेरि कुराकानी हुनेछ ।’

घुमाउरो पाराले यसबारे अर्थ्याएका रावलले आजको वार्ताबारे खासै खुलाएनन् । उनले भोलि फेरि कार्यदलमा यसबारे छलफल हुने बताए । नेता पाण्डेले भने सकारात्मक कुरा भएको र भोलि पनि कार्यदलको बैठक बस्ने बताए । उनले भने, ‘दुई शीर्ष नेताबीच सकारात्मक कुराकानी भएर हिँड्नुभएको छ ।’

पत्रकारले के के कुरा मिल्यो के के मिल्न बाँकी छ भनी गरेको प्रश्नमा पाण्डेले भने, ‘यसबारे भोलि कुरा हुनेछ ।’

एमाले कार्यदलको बैठक आज पनि बस्दै

नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ । यसअघि भएका बैठकमा छलफल हुन बाँकी विषयमा आजको बैठक केन्द्रित हुने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो ‘वान टु वान’ वार्ता भएको थियो । “उहाँहरूको कुराकानी सकारात्मक छ । सकारात्मक ढंगले उठेर हिँड्नु भएको छ । बाँकी कुरा कार्यदल बैठकमा हुन्छ,” नेता पाण्डेले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.